काठमाडौं– रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनः स्थापनाका लागि भायानेट कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ ।
विपद्को यस कठिन परिस्थितिमा प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति ऐक्यबद्धता प्रकट गर्दै उक्त सहयोग प्रदान गरिएको हो।
विपद्को समयमा आवश्यक राहत तथा पुनः स्थापनाका कार्यमा योगदान पुर्याउनु सामाजिक उत्तरदायित्वको महत्त्वपूर्ण पक्ष रहेको भायानेटको विश्वास छ ।












प्रतिक्रिया