न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस « Khabarhub

न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको आतङ्कवादी हमलाको २५औँ वार्षिकोत्सव शुक्रबार मनाउँदैछ । हमलामा ज्यान गुमाएका दुई हजार ९७७ जनाको स्मरणमा आयोजित समारोहमा राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी नहुने भए पनि पूर्वराष्ट्रपतिहरू जर्ज डब्लु बुश, बाराक ओबामा, बिल क्लिन्टन र जो बाइडेन तथा न्युयोर्कका पहिलो मुस्लिम मेयर जोहरान ममदानी सहभागी हुनेछन् ।

राष्ट्रपति ट्रम्पले न्युयोर्कको ‘ग्राउन्ड जिरो’ को सट्टा पेन्टागनमा श्रद्धाञ्जलि अर्पण गर्नेछन् । समारोहमा मृतकका परिवारका सदस्यहरूले सबै पीडितको नाम स्मरण गर्नुका साथै घटनाका प्रमुख समय सम्झन घण्टी बजाउनेछन् । न्युयोर्क हार्बरमाथि मृतक प्रत्येक व्यक्तिको सम्झनामा दुई हजार ९७७ बत्तीको ड्रोन प्रदर्शन गरिनेछ ।

ममदानीको सहभागितालाई लिएर दक्षिणपन्थी समूह तथा पूर्वमेयर रुडी जुलियानीलगायतले विरोध गरे पनि उनी समारोहमा सहभागी हुनेछन् । यसअघि उनीविरुद्ध सञ्चालन गरिएको पेटिसनमा एक लाखभन्दा बढी हस्ताक्षर सङ्कलन भएको थियो । नगर परिषद् सदस्य साहाना हनीफले मुस्लिम भएकै कारण ममदानीलाई फरक व्यवहार गरिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

९/११ हमलापछि विश्व व्यापार केन्द्रका जुम्ल्याहा टावरबाट फैलिएको धुलो र विषाक्त वायुका कारण हजारौँ मानिसमा क्यान्सरलगायतका रोग देखिएको बताइएको छ । सङ्घीय कार्यक्रमका अनुसार हमलासँग सम्बन्धित रोगका कारण हालसम्म नौ हजार ४०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

सन् २००१ मा अल–कायदाका १९ सदस्यले चारवटा विमान अपहरण गरेका थिए । दुई विमान विश्व व्यापार केन्द्रका जुम्ल्याहा टावरमा ठोक्किएका थिए भने अर्को पेन्टागनमा ठोक्किएको थियो । चौथो विमान यात्रुहरूले प्रतिरोध गरेपछि पेन्सिलभेनियाको स्याङ्क्सभिल नजिकै खसेको थियो ।

स्मृति दिवसका अवसरमा न्युयोर्कमा कडा सुरक्षा व्यवस्था गरिएको छ । प्रहरी आयुक्त जेसिका टिस्चले सावधानीका लागि ड्रोनविरोधी टोली परिचालन गरिने बताए । यसैबीच अल–कायदाले वार्षिकोत्सवका अवसरमा दिवङ्गत नेता ओसामा बिन लादेन र उनका छोरा हम्जाको तस्बिर समेटिएको भिडियो सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  ३ : १४ बजे

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन