२०८४ सालको पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान « Khabarhub

२०८४ सालको पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८४ को पात्रो (पञ्चाङ्ग) प्रकाशन गर्न चाहने पञ्चाङ्गकारलाई आगामी असोज २० गतेभित्र पात्रो गणनाको गणित पेस गर्न आह्वान गरेको छ ।
 
समितिले पञ्चाङ्गखण्ड सौरोक्तपद्धतिबाट र अन्य ग्रहहरूको गणना केतकीय पद्धतिबाट गर्न सूचित गरिएको अध्यक्ष सह प्रा डा पुरुषोत्तम भट्टराईले जानकारी दिए । असोज २० गतेभित्र सबै विषयवस्तु समावेश गरिएको पञ्चाङ्ग पेस गर्न अनुरोध गरिएको पनि उनले सुनाए । विसं २०८३ को पात्रोसमेत यही पद्धतिबाट स्वीकृति दिइएको छ ।

नयाँ पञ्चाङ्गकारहरूले हातले लेखेको तीन वर्ष अर्थात् २०८४ देखि २०८६ सम्मको गणितको मस्यौदा पेस गर्नुपर्ने समितिले जारी गरेको सूचनामा उल्लेख छ । नयाँ पञ्चाङ्गकारले पञ्चाङ्गगणनाको सबै आधार तथा विषयवस्तुको खेस्रा पनि समितिमा बुझाउनुपर्ने निर्णय समितिले गरेको अध्यक्ष भट्टराईले बताए । 

‘म्याद नाघी पेस भएका, अङ्ग नपुगेका र समितिले अङ्गीकार नगरेका सिद्धान्तबाट गणना गरिएका पञ्चाङ्गहरूलाई स्वीकृति प्रदान गरिने छैन, भित्तेपात्रो (क्यालेन्डर) प्रकाशन गर्न चाहने संस्था वा व्यक्तिले पनि समितिको स्वीकृति लिएर मात्र प्रकाशन गर्नुहुन समितिले अनुरोध गरेको छ’, उनले भने ।

समितिले निर्णय गरेका चाडपर्व, जात्रालगायतका विवरणहरू फरक पर्न गई भ्रम पर्न जाने अवस्था देखिएमा प्रकाशित पञ्चाङ्ग तथा भित्तेपात्रोलाई नियमअनुसार आवश्यक कारबाहीसमेत हुने पनि समितिले सूचनामार्फत जानकारी गराएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  ७ : ४३ बजे

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश

सभामुख अर्यालको आह्वान : ‘जलवायु संसदीय कूटनीति’ सुरु गरौँ

काठमाडौँ – सभामुख डीपी अर्यालले अन्तर–व्यवस्थापिका संघको १५३औँ सभालाई सम्बोधन गर्दै

सभापतिमा उम्मेदवारी दर्ता गर्दै गगनले भने : सबैलाई स्पेस दिन्छु

काठमाडौं- नेपाली कांग्रेसको सभापति पदका लागि गगन कुमार थापाले उम्मेदवारी

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत