बेत्रावतीस्थित फलाकु खोलामा सेनाले बनाएको एक्रो बेलीब्रिज सञ्चालनमा (तस्बिरहरू) « Khabarhub

बेत्रावतीस्थित फलाकु खोलामा सेनाले बनाएको एक्रो बेलीब्रिज सञ्चालनमा (तस्बिरहरू)


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका कारण प्रभावित सडक यातायातलाई सहज बनाउने उद्देश्यले बेत्रावतीमा एक्रो बेलीब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

बाढी आएको ४५ दिनपछि निर्माण सम्पन्न भएको बेली ब्रिजको नेपाली सेनाले आज एक कार्यक्रमबीच उद्घाटन गरेको हो ।

बेली ब्रिज सञ्चालनमा आएसँगै बाढीका कारण प्रभावित बनेको सडक सम्पर्क पुनः सहज हुने अपेक्षा गरिएको छ । पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दा तथा उक्त सडकखण्ड भएर आवतजावत गर्ने यात्रु र सवारीसाधनलाई राहत पुग्ने विश्वास गरिएको छ ।

भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले सडक तथा पुलका संरचनामा क्षति पुर्‍याउँदा त्यस क्षेत्रको यातायात सेवा प्रभावित बनेको थियो। बेली ब्रिज निर्माणसँगै आवागमन सहज बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तस्बिर : मनिस अर्याल / नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  १२ : ०९ बजे

कुनै गडगडाहट छैन बूढीगण्डकीको (तस्बिरहरु) 

धादिङ– बूढीगण्डकी नदीमा आएको बाढी शान्त देखिए पनि तटीय क्षेत्रमा

बूढीगण्डकी बाढी : पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

गोरखा– आइतबार बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा

बेनी–जोमसोम सडक खुल्यो

मुस्ताङ– बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ

 ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

अर्घाखाँची– छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ