रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती « Khabarhub

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको चुनौती दिएको छ । रोहित पौडेलले शतकको मद्दतमा पूरै ५० ओभर खेल्दै सबै विकेट गुमाएर नेपालले २३५ रन बनाएको हो ।

ओमानको अलअमिरातमा जारी खेलमा क्यानडाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालका लागि चौथोक्रममा ब्याटिङ गर्न आएका रोहितले शतक बनाएका हुन् ।

रोहितले १२६ बलको सामना गर्दा ‍‍८ चाैका र एक छक्काको मद्दतमा ‍‍‍१०१ रन बनाए । उनी ४८ ओभर तीन बलमा आउट भए । यो रोहितको तेस्रो एकदिवसीय शतक हो । उनले कुशल भुर्तेलको एकदिवसीय शतक रेकर्ड तोडेका छन् ।

अन्तिममा आएर आक्रामक ब्याटिङ गरेका गुल्सन झा अर्धशतक बनाउन दुई रनले चुके । गुल्सनले चार चाैका र तीन छक्काको मद्दतमा ३४ बलमा ४८ रन बनाएका हुन् ।

नेपाली ओपनर अर्जुन कुमाल ५४ बलको सामना गरेर २३ र बसिर अहमेद ५७ बलमा ३० रन बनाएर आउट भएपछि रोहितले सम्हालिएर खेलेका हुन् ।

आशिफ शेख तीन बलमा चार रन बनाएर आउट हुँदा इशान पाण्डे चार बलको सामना गर्दा शून्य रनमै पेभिलियन फर्किएका थिए।

पछिल्लोक्रममा ब्याटिङ गर्न आएका करण केसी, नन्दन यादव र ललित राजवंशीले नेपालका लागि रन जोड्न सकेनन् । केसी चार रन बनाएर आउट हुँदा नन्दन र ललित दुईदुई रनमा आउट भए ।

नेपालका कप्तान सन्दीप लामिछानेले दुई रन जोडे ।

नेपाललाई सस्तैमा समेट्न क्यानडाका अखिल कुमारले चार विकेट हात पार्दा सुखजिन्दर सिंहले तीन र जाहिद शिरजादले दुई विकेट हात पारे । केहीबेरमा नेपालले क्यानडाविरुद्ध बलिङ गर्नेछ ।

लिग-२ को अन्तिम सिरिजमा खेलिरहेका नेपाल र क्यानडा दुवैका लागि यो खेल अंक तालिकामा स्थान सुधार गर्ने अवसर हो। शीर्ष चारमा पर्ने सम्भावना समाप्त भइसकेको नेपालका लागि अब एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता जोगाउने चुनौती छ।

नेपालले शृंखलामा क्यानडा र ओमानसँग दुई–दुई खेल खेल्नेछ । यसमध्ये तीन खेलमा जित निकाल्न सकेमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित रहन सक्छ । चारमध्ये कम्तीमा तीन खेल जिते नेपाल शीर्ष ६ भित्र पर्दै एकदिवसीय मान्यता सुरक्षित हुन सक्छ ।

नेपालले सन् २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । सिरिजको पहिलो खेलमा शुक्रबार ओमानले क्यानडालाई पराजित गरेसँगै नेपालको शीर्ष चारमा रहने सम्भावना समाप्त भएको थियो।

लिग–२ को शीर्ष चार टोलीले सन् २०२७ मा हुने एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउने छन् ।

लिग–२ को अन्तिम चार खेलमा आइपुग्दा नेपाल अंक तालिकाको सातौँ स्थानमा छ । नेपालले ३२ खेलबाट २४ अंक जोडेको छ । यस्तै, क्यानडाले ३३ खेलबाट २५, ओमानले २९ खेलबाट ३३ अंक बनाएका छन् ।

यसैगरी, नामिबिया ३५ खेलबाट ३१, यूएईले ३१ खेलबाट १९ अंक जोडेका छन् । अमेरिकाले ३४ खेलबाट ४७ अंक बनाएर च्याम्पियन बन्दा स्कटल्याण्डको ३६ खेलबाट ४५ र नेदरल्याण्ड्सको ३२ खेलबाट ३८ अंक छ ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  २ : ४५ बजे

बूढीगण्डकीमा बाढी : ६५ घरमा क्षति, १८ जनाको उद्धार

गोरखा – गोरखाको सिरिङ्गी हिमालमा गएको हिमपहिरोका कारण उइनगुलुङ खोला

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका