काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले आफ्नो अग्रता कायमै राखेका छन् ।
५ हजार ५ सय मत गणना हुँदा केन्द्रीय उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारीले सर्वाधिक १ हजार ४ सय ३५ मत प्राप्त गरेका छन् ।
त्यस्तै, महामन्त्री पदमा प्रदीप पौडेलले २ हजार ६ सय ५७ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् । मतगणना जारी रहेकाले दुवै पदको अन्तिम परिणाम आउन बाँकी छ ।















प्रतिक्रिया