पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो « Khabarhub

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि कँडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत काठमाडौं लगिएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट काठमाडौंको बीएन्डबी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा उनीसहित १५ जना घाइते भएका थिए । चार विद्यार्थीसहित पाँचजनाको निधन भएको थियो ।

ज्यान गुमाएका ममता तिवारी, सुभेच्छा तिवारी र असिम कँडेलको आइतबार पोखराको रामघाटमा अन्त्येष्टि गरिएको छ । 

पोखरा महानगरपालिका–२८, ओख्लेमा शुक्रबार बिहान माझठानाको सौर्य क्षेत्रबाट विद्यार्थी लिएर कालिका बोर्डिङ स्कुलतर्फ आउँदै गरेको बस सडकबाट करिब २०० मिटर तल खसेको थियो । 

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  १० : २९ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल