किन मनाइन्छ महागुरु फाल्गुनन्द जयन्ती ? « Khabarhub

किन मनाइन्छ महागुरु फाल्गुनन्द जयन्ती ?


२५ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- किराँत धर्मका महागुरु एवं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती प्रत्येक वर्षको कार्तिक २५ गते विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने गरिन्छ। विशेष गरी पूर्वी नेपालसहित देशका विभिन्न स्थानमा किराँत समुदायले यस दिनलाई उत्सव तथा विशेष पर्वका रूपमा श्रद्धापूर्वक मनाउँदै आएका छन्।

महागुरु फाल्गुनन्दको जन्म वि.सं. १९४२ साल कात्तिक २५ गते इलाम जिल्लाको चुक्चिनाम्बामा भएको थियो। उनी किराँत धर्म, भाषा, लिपि, संस्कार र संस्कृतियों उत्थान तथा संरक्षको लागि जीवनभर समर्पित एक समाज सुधारक थिए। समाजमा व्याप्त विकृति, विसङ्गति र रुढिवादी परम्परालाई चिर्दै उनले मानिसलाई सत्मार्गमा डोर्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

फाल्गुनन्द जयन्ती मनाउनुको मुख्य उद्देश्य उनका सुविचार, सामाजिक सुधारका अभियान र राष्ट्रप्रतिको योगदानको स्मरण गर्नु हो। समाज सुधारका लागि उनले वि.सं. १९८८ साल वैशाख २४ गते जारी गरेको ‘सत्य धर्म मुचुल्का’ को नीति अत्यधिक प्रसिद्ध छ।

उनले समाजमा विवाह, ब्रतबन्ध तथा अन्य संस्कारमा अत्यधिक खर्च हुने चलन र पशु बलिप्रथालाई रोक्न कडा सुधारका कदम चालेका थिए। साथै, मदिरा सेवन निषेध गर्ने, महिला शिक्षामा जोड दिने र किराँतीको मौलिक मुन्धुमी संस्कारलाई व्यवस्थित बनाउनेलगायतका कार्यमा उनको ठुलो योगदान रहेको छ। समाजमा शान्ति, अहिंसा, लैङ्गिक समानता र नैतिकवान् जीवनशैलीको सन्देश फैलाउन उनको दर्शन प्रेरणादायी मानिन्छ।

नेपाली समाज, संस्कृति र सुधारको क्षेत्रमा उनले पुर्याएको अतुलनीय योगदानको उच्च कदर गर्दै नेपाल सरकारले वि.सं. २०६६ साल मङ्सिर १६ गते उनलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो। उनको सम्झनामा सरकारले यस दिन किराँत धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदासमेत दिने गरेको छ।

प्रकाशित मिति : २५ कार्तिक २०८३, बुधबार  ९ : २६ बजे

किन मनाइन्छ महागुरु फाल्गुनन्द जयन्ती ?

काठमाडौँ- किराँत धर्मका महागुरु एवं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती

तिहारमा मातृभूमिले पाएको मोह, नयाँ पुस्ताको भरोसा 

वर्षौंदेखि काठमाडौँमा भागदौड जिन्दगी बिताइरहेको म पटक पटक घर जाने

हात्तीको आक्रमणबाट एक महिलााको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ मा गए राति जङ्गली हात्तीको आक्रमणबाट

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री तिमिल्सिना

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विपद्का बेला सञ्चार

यमराजलाई समेत रोक्ने बहिनीको प्रेम, कसरी सुरु भयो भाइटीकाको परम्परा ?

काठमाडौँ–  भाइटीका तिहारको अन्तिम दिन, बहिनी र भाइबीचको सम्बन्धलाई अझ