यमराजलाई समेत रोक्ने बहिनीको प्रेम, कसरी सुरु भयो भाइटीकाको परम्परा ? « Khabarhub

यमराजलाई समेत रोक्ने बहिनीको प्रेम, कसरी सुरु भयो भाइटीकाको परम्परा ?


२५ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  भाइटीका तिहारको अन्तिम दिन, बहिनी र भाइबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने पर्व हो । यो दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुख, समृद्धि र रक्षाको कामना गर्दै टीका लगाउँछन्।

पर्वको तयारी बिहानैदेखि सुरु हुन्छ । घर सफा गरी मखमली र सयपत्री फूलको माला, भाइ मसला, सात रङको टीका र विशेष परिकार तयार पारिन्छ ।

किंवदन्ती अनुसार जब यमुनाको भाइ नराम्रोसँग बिरामी परे, मृत्युका देवता यम उनको आत्मा लिन आए । यमुनाले मृत्यु देवतालाई आफ्नो भाइको अन्तिम पूजा समाप्त नभएसम्म पर्खन बिन्ती गरिन्। त्यसपछि उनले एक लामो, विस्तृत समारोह सुरु गरिन्, जसमा यमदेव पनि सामेल हुँँदै हेरे । त्यसपछि यमुनाले यमदेवलाई आफ्नो भाइको निधारमा लगाइएको टीका नहटेसम्म, उसलाई टाउकोमा लगाईदिएको तेल नसुकेसम्म र घाँटीमा लगाएको मखमली फूलको माला नओइलिएसम्म आफ्नो भाइलाई यमलोक नलान भनिन्। यमुनाले आफ्नो भाइको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै टीका लगाइन् र त्यस दिनदेखि दिदीबहिनीले आफ्ना दाजुभाइको जीवन सुरक्षित र समृद्ध बनोस् भन्ने उद्देश्यले टीका लगाउने प्रचलन सुरु भएको मानिन्छ ।

दाजुभाइलाई घरमा स्वागत गरेर उनीहरूलाई आरामदायी स्थानमा बसाइन्छ। त्यसपछि दिदीबहिनीले दाजु भाइको शिरमा टीका लगाउने क्रममा विशेष मन्त्रोच्चारण गर्छन् र उनीहरूको स्वास्थ्य, लामो आयु र जीवनमा समृद्धिको कामना गर्छन्।

टीका लगाइसकेपछि बहिनीहरूले मिठाई, फलफूल, माला र उपहार दिई भाइलाई सम्मान गर्छन्। यसरी दाजुभाइ- दिदीबहिनीको माया, सद्भाव र आपसी सम्बन्धको महत्त्व झल्किन्छ।

दाजुभाइले पनि दिदीबहिनीलाई आशीर्वाद र उपहार दिएर त्यो प्रेमको आदानप्रदान पूरा गर्छन्। यो पर्व केवल टीका लगाउने मात्र नभई परिवारभित्रको स्नेह, सामाजिक संस्कार र भाइ–बहिनीबीचको गहिरो सम्बन्धलाई जीवन्त बनाउने अवसर हो। यो दिन नजिकका परिवार, आफन्त र छिमेकीबीचको सम्बन्ध पनि मजबुत बनाउँछ, किनभने टीका लगाउने बेला सबैले परिवारको एकता र प्रेमको अनुभव गर्छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८३, बुधबार  ७ : ०५ बजे

यमराजलाई समेत रोक्ने बहिनीको प्रेम, कसरी सुरु भयो भाइटीकाको परम्परा ?

काठमाडौँ–  भाइटीका तिहारको अन्तिम दिन, बहिनी र भाइबीचको सम्बन्धलाई अझ

जलविद्युत आयोजनाको सहयोगमा बालौटेमा सडक मर्मत सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको कटानबाट क्षतिग्रस्त बेनी–दरवाङ

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे

काडमाडौँ– नेपालीहरूको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज (बुधवार)

रानीपोखरीको बालगोपालेश्वर मन्दिर दिनभर खुला रहने

काठमाडौँ– दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको