हात्तीको आक्रमणबाट एक महिलााको मृत्यु « Khabarhub

हात्तीको आक्रमणबाट एक महिलााको मृत्यु


२५ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ मा गए राति जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार जङ्गली हात्तीको आक्रमणमा परी शुक्लाफाँटा–२ की ६० वर्षीया लक्ष्मी डगौंराको घटनास्थलमै मृत्यु भएको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने तारापुर शिविरमा राति जङ्गली हात्तीको बथान पसेको थियो । हात्तीको बथानले डगौंराको घर भत्काउनुका साथै कुल्चेर लक्ष्मीको ज्यान गएको रानीपुरका स्थानीय छलिलाल डगौंराले बताए ।

उनका अनुसार घरमा लक्ष्मी र उनका श्रीमान् मोहन डगौंरा सुतिरहेका बेला हात्तीको बथान आक्रमण गर्न पुगेको थियो । मोहन भागेर ज्यान जोगाउन सफल भएका छन् । अहिले नेपाली सेना, नेपाल प्रहरी र निकुञ्ज प्रशासनको टोली घटनास्थलमा पुगेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८३, बुधबार  ८ : १६ बजे

हात्तीको आक्रमणबाट एक महिलााको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ मा गए राति जङ्गली हात्तीको आक्रमणबाट

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री तिमिल्सिना

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विपद्का बेला सञ्चार

यमराजलाई समेत रोक्ने बहिनीको प्रेम, कसरी सुरु भयो भाइटीकाको परम्परा ?

काठमाडौँ–  भाइटीका तिहारको अन्तिम दिन, बहिनी र भाइबीचको सम्बन्धलाई अझ

जलविद्युत आयोजनाको सहयोगमा बालौटेमा सडक मर्मत सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको कटानबाट क्षतिग्रस्त बेनी–दरवाङ

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल