ट्रम्पको बीबीसीविरुद्धको पाँच अर्ब डलरको मानहानि मुद्दा अघि बढ्ने « Khabarhub

ट्रम्पको बीबीसीविरुद्धको पाँच अर्ब डलरको मानहानि मुद्दा अघि बढ्ने


२५ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रसारण संस्था बीबीसीविरुद्ध दायर गरेको पाँच अर्ब अमेरिकी डलरको मानहानिसम्बन्धी मुद्दा अघि बढ्ने भएको छ ।

सङ्घीय न्यायाधीशले मुद्दा खारेज गर्न बीबीसीले गरेको आग्रह अस्वीकार गरेपछि ट्रम्पको मानहानिसम्बन्धी दाबीमाथि सुनुवाइको बाटो खुलेको हो ।

ट्रम्पले सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटलमा भएको आक्रमणअघि दिएको भाषणलाई बिबिसीले भ्रामक रूपमा सम्पादन गरी आफूले समर्थकलाई हिंसामा उक्साएको देखाएको आरोप लगाएका छन् ।

उक्त सम्पादनका कारण आफ्नो प्रतिष्ठामा क्षति पुगेको दाबी गर्दै उनले बिबिसीसँग कम्तीमा पाँच अर्ब अमेरिकी डलर क्षतिपूर्ति माग गरेका छन् ।

सङ्घीय न्यायाधीश जेफ्री टी कुन्जले ट्रम्पको मानहानिसम्बन्धी दाबीलाई अघि बढाउन अनुमति दिए  । तर, फ्लोरिडाको उपभोक्ता संरक्षण कानूनअन्तर्गत गरिएको दाबी भने खारेज गरेका छन् ।

बिबिसीले विवादित वृत्तचित्रको सम्पादनप्रति माफी मागिसकेको छ । यद्यपि, त्यसबाट ट्रम्पलाई वास्तविक क्षति पुगेको भन्ने दाबीलाई संस्थाले अस्वीकार गर्दै आएको छ ।

अदालतको निर्णयपछि ट्रम्पले यसलाई ‘ठूलो विजय’ को संज्ञा दिए । उनले अमेरिकी जनतालाई धोका दिन खोज्नेहरूविरुद्ध आफूले लडाइँ जारी राख्ने बताए ।

यसअघि अदालतले ट्रम्पलाई डिसेम्बर ११ भित्र मुद्दासम्बन्धी बयान दिन आदेश दिएको थियो । तोकिएको समयमा बयान दिन उपस्थित नभए मुद्दा खारेज हुन सक्ने चेतावनीसमेत अदालतले दिएको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०८३, बुधबार  ११ : ०३ बजे

ट्रम्पको बीबीसीविरुद्धको पाँच अर्ब डलरको मानहानि मुद्दा अघि बढ्ने

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रसारण संस्था बीबीसीविरुद्ध दायर गरेको

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

बाँके– कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती

भाइटीका : सनातन संस्कार, विज्ञान र सम्बन्धको जीवनदर्शन

निधारमा सप्तरङ्गी टीका, गलामा दोहोरो छड्के सयपत्रीको माला र शिरमा

तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना ‘पञ्चकन्या कृषि सडक’ अन्तर्गत

प्रधानमन्त्रीबाट भाइटीकाको शुभकामना

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास,