घट्यो खानेपानी महसुल शुल्क « Khabarhub

घट्यो खानेपानी महसुल शुल्क


२५ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीको मासिक महसुल घटाएको छ । निम्न वर्गीय उपभोक्तालाई राहत पुर्‍याउन उक्त शुल्क कम गरिएको हो । 
    
मेचीनगर नगरपालिकाको वडा नं ११, १२ र १३ मा शुद्ध खानेपानी उपलब्ध गराउँदै आएको संस्थाले १० हजार लिटरसम्म पानी उपयोग गर्दै आएका उपभोक्ताले अब मासिक १७५ मात्र तिर्नु पर्नेछ । यसअघि ती उपभोक्ताले मासिक २०० महसुल भुक्तानी गर्दै आएका थिए ।

शुद्ध खानेपानी नागरिकको आधारभूत अधिकार भएको हुँदा निम्न वर्गीय परिवारको पहुँचलाई सहज तुल्याउने उद्देश्य राखेर संस्थाले साधारणसभाबाट मासिक महसुल घटाउने प्रस्ताव पारित गरेको समितिका अध्यक्ष राजन चिमौरियाले बताए। 

उनका अनुसार १० हजारभन्दा माथि २० हजार लिटरसम्म खानेपानी उपयोग गर्ने उपभोक्ताले अब प्रतिहजार लिटरमा मासिक महसुल रु ३० तिर्नुपर्नेछ । यसअघि सोही मात्रामा पानी उपयोग गर्दै आएकाले ३२ तिर्दै आएका थिए । 

मासिक २० हजारदेखि ३० हजार लिटर पानी खपत गर्ने उपभोक्ताले यसअघि प्रतिहजार लिटरको ४२ तिर्दै आएकोमा अब ४० मात्र तिर्नुपर्ने भएको छ । यसैगरी, ३१ हजारदेखि अधिक पानी खपत गर्नेले प्रतिहजार लिटरको मासिक ६५ तिर्नु परिरहेकोमा अब ६० तिर्दा हुने भएको छ।
    
साधारणसभाबाट पारित भएको पानीको महसुल घटाउने यो प्रस्ताव यही मङ्सिर महिनादेखि लागू हुने अध्यक्ष चिमौरियाले जानकारी दिए । संस्थामा दुई हजार ७०० सदस्यहरु आबद्ध छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८३, बुधबार  २ : ११ बजे

जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छ : परराष्ट्रमन्त्री खनाल

अन्ताल्या– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)

घट्यो खानेपानी महसुल शुल्क

झापा– चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीको

नेतान्याहुका प्रमुख नीति उल्टाउने इसेनकोटको तयारी

तेल अभिभ- इजरायलको नयाँ संसद् गठनसँगै सरकार बनाउने जिम्मेवारी पाएका पूर्वसैनिक

मधेसका मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते

साइबर आक्रमण बढेपछि इटालीले सुरक्षा प्रणाली सुदृढ बनाउने

काठमाडौँ – युरोपका विभिन्न देशमा साइबर आक्रमणका घटना बढ्दै गएपछि