असिना र हावाहुरीले त्रिभुवन विमानस्थलको उडान प्रभावित « Khabarhub

असिना र हावाहुरीले त्रिभुवन विमानस्थलको उडान प्रभावित


२५ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – काठमाडौँमा बुधबार दिउँसो एक्कासि मौसम परिवर्तन भई बाक्लो असिनासहित वर्षा र हावाहुरी चलेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको छ।

दिउँसो करिब १:४५ बजेदेखि विमानस्थलको धावनमार्ग (रनवे) तथा ट्याक्सी–वे क्षेत्रमा बाक्लो असिना जमेपछि विमानस्थल बन्द गरिएको हो। अचानक आएको मौसम बदलावका कारण अवतरण गर्नुपर्ने अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका गरी आठवटा जहाज आकाशमै होल्ड भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सञ्जयकुमारका अनुसार असिनाका कारण उडान सञ्चालन रोकिएको हो।

विमानस्थलसँग असिना हटाउने छुट्टै उपकरण नभएकाले उद्धार तथा अग्निनियन्त्रण सेवा (आरएफएफ) को दमकल प्रयोग गरी धावनमार्ग सफा गर्ने काम भइरहेको छ।

मौसम बिग्रेपछि आन्तरिकतर्फ राजविराजका लागि उड्न तयार रहेको बुद्ध एयर र बैंकक जाने तरखरमा रहेको थाई एयरवेजको जहाज पार्किङ–वेमै फर्किएका छन्।

यसैबीच, वर्षा र असिनापछि विमानस्थलको आन्तरिक प्रस्थान कक्षमा पानी चुहिने समस्या देखिएको छ। सुरक्षा जाँच चेक हुने क्षेत्रको छतमा रहेका प्यानल लाइटबाट पानी चुहिएको छ।

मौसममा सुधार आई धावनमार्ग सञ्चालनयोग्य भएपछि मात्र नियमित उडान पुन: सुरु गरिने विमानस्थल अधिकारीले बताएका छन्।

प्रकाशित मिति : २५ कार्तिक २०८३, बुधबार  ३ : २५ बजे

असिना र हावाहुरीले त्रिभुवन विमानस्थलको उडान प्रभावित

काठमाडाैँ – काठमाडौँमा बुधबार दिउँसो एक्कासि मौसम परिवर्तन भई बाक्लो

काठमाडौँ उपत्यकामा वर्षा (तस्बिरहरू) 

काठमाडौँ–  तिहारको भाइटीकाका दिन काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा वर्षा भएको

गोरखामा रोकिराखेको ट्याक्सी दुर्घटना, पाँच जना घाइते

गोरखा – सिरानचोक गाउँपालिका–२ सिउरेनीमा रोकिराखेको ट्याक्सी अचानक दुर्घटना हुँदा

पोखरामा राजस्व संकलन लक्ष्यभन्दा १३ प्रतिशत बढी

पोखरा– आन्तरिक राजस्व कार्यालय पोखरामा लक्ष्यभन्दा १३ प्रतिशत बढी रकम

दक्षिण कोरियामा रोजगारी वृद्धि एक लाखमाथि, युवाको रोजगारीमा ४८ महिनादेखि गिरावट

सोल– दक्षिण कोरियामा लगातार चौथो महिनासम्म रोजगारी वृद्धि एक लाखभन्दा माथि