जर्मन सेनामा व्यापक यौन दुर्व्यवहार हुने गरेको खुलासा « Khabarhub

जर्मन सेनामा व्यापक यौन दुर्व्यवहार हुने गरेको खुलासा


२५ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्लिन- जर्मनीको सशस्त्र बलमा कार्यरत सैनिकहरूमाझ गरिएको एक सर्वेक्षणले सेनाभित्र व्यापक यौन दुर्व्यवहार हुने गरेको खुलासा गरेको छ । रक्षामन्त्री बोरिस पिस्टोरियसले बुधबार सार्वजनिक गरेको विवरणअनुसार, यसबाट विशेषगरी महिला सैनिकहरू बढी प्रभावित छन् । यो सर्वेक्षण जर्मनीको सेनाले आफ्नो जनशक्ति उल्लेख्य रूपमा वृद्धि गर्न र विशेषगरी महिलालाई सेनामा आकर्षित गर्न भर्ना अभियान सञ्चालन गरिरहेका बेला सार्वजनिक भएको हो ।

जर्मनीको सशस्त्र बललाई ‘बुन्डेसवेर’ भनिन्छ । मन्त्री पिस्टोरियसका अनुसार, सेनामा कार्यरत ३८ प्रतिशत महिलाले मौखिक यौन दुव्र्यवहार भोगेको बताएका छन् भने १० प्रतिशतले शारीरिक यौन दुव्र्यवहारको सामना गर्नुपरेको बताएका छन् । उनका अनुसार, कम उमेरका र तल्लो दर्जामा कार्यरत महिला सैनिकहरू यस्तो दुव्र्यवहारबाट बढी प्रभावित छन् । पुरुष सैनिकहरूमध्ये भने विपरीत लिङ्गिप्रति आकर्षित नहुनेहरू बढी दुव्र्यवहारको सिकार भएको पाइएको छ ।

“बुन्डेसवेरमा यौन दुव्र्यवहारप्रति शून्य सहनशीलताको नीति लागू हुन्छ,” पिस्टोरियसले भने । उनले यस्तो समस्या सम्बोधन गर्न पीडितलाई सहयोग उपलब्ध गराउने, रोकथामका उपाय प्रभावकारी बनाउने तथा अनुसन्धान र अनुशासनात्मक कारबाहीलाई थप सुदृढ पार्ने योजना पनि प्रस्तुत गरे । सर्वेक्षणमा सहभागी कुल सैनिकमध्ये दुई प्रतिशतले आफू यौन हिंसाको सिकार भएको बताएका छन् ।

मन्त्री पिस्टोरियसले यो अध्ययन बुन्डेसवेरमा गरिएको आफ्नो किसिमको पहिलो सर्वेक्षण भएको बताए । अध्ययनका लागि महिला तथा पुरुष सैनिकबाट आठ हजार प्रश्नावली भराइएको थियो । यो सङ्ख्या जर्मन सेनाको कुल जनशक्ति एक लाख ८६ हजार दुई सयको करिब चार प्रतिशत हो ।

यसैबीच, ग्रिन्स पार्टीकी सांसद सारा नान्नीले यस्ता घटनाबारे उजुरी दिन सहज बनाउन स्वतन्त्र बाह्य अनुसन्धान निकाय गठन गर्नुपर्ने माग गरेकी छन् । फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण गरेपछि जर्मनीले आफ्नो रक्षा क्षमता सुदृढ पार्ने प्रयास तीव्र बनाएको छ ।

रुसी खतराको सामना गर्नु, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा युरोपबाट अमेरिकी सैन्य उपस्थिति घट्न सक्ने सम्भावनालाई ध्यानमा राख्नु तथा नेटोका नयाँ लक्ष्य पूरा गर्नु जर्मनीको प्राथमिकतामा छन् । बर्लिनले सन् २०३५ सम्ममा दुई लाख ६० हजार सक्रिय सैनिक र दुई लाख जगेडा सैनिकसहितको सैन्य बल तयार पार्ने लक्ष्य राखेको छ ।

सन् २०११ मा अनिवार्य सैन्य सेवा स्थगन गरिएपछि पर्याप्त लगानीको अभाव र सैनिक सङख्यामा निरन्तर आएको गिरावटका कारण जर्मनीको सैन्य क्षमतामा ह्रास आएको थियो । हाल बुन्डेसवेरमा महिला सैनिकको सहभागिता करिब १४ प्रतिशत मात्र छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८३, बुधबार  ६ : ३५ बजे

जर्मन सेनामा व्यापक यौन दुर्व्यवहार हुने गरेको खुलासा

बर्लिन- जर्मनीको सशस्त्र बलमा कार्यरत सैनिकहरूमाझ गरिएको एक सर्वेक्षणले सेनाभित्र

दुई पाङग्रे सवारीसाधन नियन्त्रणमा

काठमाडौँ- प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट स्वरूप परिवर्तन गरी ठूला आवाज

बालगोपालेश्वरको भाइटीका प्रभावित

काठमाडौँ- अकस्मातको वर्षाले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वरको भाइटीका प्रभावित भएको छ

पोखरामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

पोखरा- आन्तरिक राजस्व कार्यालय पोखरामा लक्ष्यभन्दा १३ प्रतिशत बढी रकम

डिजिटल लतविरुद्ध इयुको नयाँ नियम

ब्रसेल्स- अनलाइन प्लेटफर्मले प्रयोगकर्तालाई लामो समय अल्झाउने र अनावश्यक खर्च