बालगृहका बालबालिकाले सामूहिक रूपमा मनाए भाइटीका « Khabarhub

बालगृहका बालबालिकाले सामूहिक रूपमा मनाए भाइटीका


२५ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन आज म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन् । नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाले एकअर्कालाई टीका र माला लगाइदिएर भाइटीका मनाएका हुन् ।

बालबालिकालाई तिहारमा एक्लोपन महसुस हुन नदिन सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको नेपाल बाल सङ्गठन म्याग्दीका सभापति राजेश शाक्यले जानकारी दिए । बालगृहमा हाल नौ जना बालबालिका आश्रित छन् ।

अभिभावकविहीन बालबालिकालाई आश्रय दिनुका साथै माध्यमिक तहसम्मको शिक्षाको व्यवस्था गरिएको उनले बताए । सभापति शाक्यले व्यक्तिगत रूपमा पूजासामग्री, मिठाई तथा अन्य परिकारको व्यवस्था गरी बालगृहमा भाइटीका कार्यक्रम आयोजना गरेका हुन् ।

विगत चार वर्षदेखि हरेक तिहारमा बालगृहमा सामूहिक भाइटीका कार्यक्रम आयोजना हुँदै आएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८३, बुधबार  ७ : १५ बजे

बालगृहका बालबालिकाले सामूहिक रूपमा मनाए भाइटीका

म्याग्दी- यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन आज म्याग्दीको बेनीस्थित बालगृहमा

पटाका पड्काउँदा ऐतिहासिक सम्पदामा जोखिम हुनसक्ने

ख्वप (भक्तपुर)- विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको टौमढीस्थित पाँचतल्ले मन्दिर परिसरमा

जर्मन सेनामा व्यापक यौन दुर्व्यवहार हुने गरेको खुलासा

बर्लिन- जर्मनीको सशस्त्र बलमा कार्यरत सैनिकहरूमाझ गरिएको एक सर्वेक्षणले सेनाभित्र

दुई पाङग्रे सवारीसाधन नियन्त्रणमा

काठमाडौँ- प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट स्वरूप परिवर्तन गरी ठूला आवाज

बालगोपालेश्वरको भाइटीका प्रभावित

काठमाडौँ- अकस्मातको वर्षाले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वरको भाइटीका प्रभावित भएको छ