पाकिस्तानमा लडाकुहरूको आक्रमणमा १० प्रहरीको मृत्यु « Khabarhub

पाकिस्तानमा लडाकुहरूको आक्रमणमा १० प्रहरीको मृत्यु


२५ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा बुधबार लडाकुहरूले प्रहरीका सवारी साधनलाई लक्षित गरी आक्रमण गरेका छन् । त्यसपछि भएको गोली हानाहानमा कम्तीमा १० प्रहरीको मृत्यु भएको अधिकारीले जनाएका छन् । स्थानीय प्रहरी अधिकारी फैसल खानका अनुसार अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तुनख्वा प्रान्तको कोहात जिल्लामा उक्त आक्रमण भएको हो । उनले मृतक प्रहरीमध्ये दुई जना वरिष्ठ अधिकृत रहेको बताए ।

सुरक्षा बल र आक्रमणकारीबीच गोली हानाहान जारी रहेको पनि उनले जानकारी दिए । यद्यपि, घटनाबारे थप विवरण सार्वजनिक गरिएको छैन । आक्रमणको जिम्मेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन । यद्यपि, यसमा ‘तहरिक–ए–तालिबान पाकिस्तान’ (टीटीपी) को संलग्नता रहेको आशङ्का गरिएको छ ।

उक्त समूहले पछिल्ला महिनाहरूमा यस क्षेत्रमा सुरक्षा बलमाथिका आक्रमण तीव्र बनाउँदै आएको छ । पाकिस्तानमा पछिल्ला वर्षहरूमा हिंसात्मक घटनामा वृद्धि भएको छ । यस्ता घटनाका लागि अधिकांशतः टीटीपीलाई जिम्मेवार ठह¥याइने गरिएको छ । यो समूह अफगान तालिबानभन्दा फरक भए पनि उनीहरूसँग निकट सम्बन्ध राख्छ ।

सन् २०२१ मा अफगान तालिबान छिमेकी मुलुक अफगानिस्तानको सत्तामा पुनः फर्किएको थियो । पाकिस्तानले अफगानिस्तानको तालिबान सरकारमाथि टीटीपीका लडाकुलाई आफ्नो भूमिमा आश्रय दिएको आरोप लगाउँदै आएको छ । तर काबुलले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८३, बुधबार  ७ : ४० बजे

पाकिस्तानमा लडाकुहरूको आक्रमणमा १० प्रहरीको मृत्यु

इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा बुधबार लडाकुहरूले प्रहरीका सवारी साधनलाई लक्षित

बालगृहका बालबालिकाले सामूहिक रूपमा मनाए भाइटीका

म्याग्दी- यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन आज म्याग्दीको बेनीस्थित बालगृहमा

पटाका पड्काउँदा ऐतिहासिक सम्पदामा जोखिम हुनसक्ने

ख्वप (भक्तपुर)- विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको टौमढीस्थित पाँचतल्ले मन्दिर परिसरमा

जर्मन सेनामा व्यापक यौन दुर्व्यवहार हुने गरेको खुलासा

बर्लिन- जर्मनीको सशस्त्र बलमा कार्यरत सैनिकहरूमाझ गरिएको एक सर्वेक्षणले सेनाभित्र

दुई पाङग्रे सवारीसाधन नियन्त्रणमा

काठमाडौँ- प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट स्वरूप परिवर्तन गरी ठूला आवाज