भाइटीकामा दुई हजार पाँच सय यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा « Khabarhub

भाइटीकामा दुई हजार पाँच सय यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा


२५ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सशस्त्र प्रहरीले तिहारको भाइटीकाको दिन काठमाडौँ उपत्यका र भक्तपुरमा सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि निःशुल्क रूपमा सञ्चालन गरेको बसमा दुई हजार ४८६ जनाले यात्रा गरेका छन् ।

भाइटीकाका दिन सार्वजनिक यातायातका साधन अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारणलाई आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यका साथ सशस्त्र प्रहरीले काठमाडौँ र भक्तपुरमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।

सशस्त्रको बस सेवा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म चलेको थियो । काठमाडौँको चक्रपथमा सञ्चालित बसले एक हजार ७६६ र भक्तपुरसम्म चलेको बसले ७२० जनालाई सेवा दिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
(((

प्रकाशित मिति : २५ कार्तिक २०८३, बुधबार  ९ : ३८ बजे

भाइटीकामा दुई हजार पाँच सय यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ – सशस्त्र प्रहरीले तिहारको भाइटीकाको दिन काठमाडौँ उपत्यका र

फिनल्यान्डसँग सहकार्य विस्तार गर्ने विषयमा परराष्ट्रमन्त्रीको छलफल

अन्ताल्या – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा

पोखरामा विदेशी पर्यटकले मनाए भाइटीका

कास्की – नेपालीको दोस्रो ठूलो चाड तिहारको सांस्कृतिक रौनकमा सहभागी

सुनार टोलमा तिहारको दक्षिणा र कोसेली पनि बराबरी

धनकुटा- धनकुटाको पाख्रीबास नगरपालिका–७ मुगास्थित सुनार टोलका बासिन्दाले विगत १०

पाकिस्तानमा लडाकुहरूको आक्रमणमा १० प्रहरीको मृत्यु

इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा बुधबार लडाकुहरूले प्रहरीका सवारी साधनलाई लक्षित