कांग्रेस विशेष महाधिवेशनमा प्रतिनिधिहरूको दर्ता जारी (तस्बिरहरू) « Khabarhub

कांग्रेस विशेष महाधिवेशनमा प्रतिनिधिहरूको दर्ता जारी (तस्बिरहरू)


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत विभिन्न जिल्लाहरुबाट आएका महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया जारी रहेको छ ।

कार्यक्रमस्थल काठमाडौंको भृकुटीमण्डपस्थित मूल गेट सँगैका स्टलहरूबाट नामावली दर्ता सुरु भएको छ ।

विशेष महाधिवेशन अन्तर्गत बिहान ११ बजे काठमाडौंको सुन्धारा, रत्नपार्क, शङ्करदेव क्याम्पस, कमलपोखरी, कुपण्डोललगायत क्षेत्रमा नेता, कार्यकर्ता भेला भई र्‍यालीका साथ भृकुटीमण्डप प्रस्थान गर्ने छन् । यस्तै, दिउँसो १ बजे विशेष महाधिवेशन उद्घाटन हुनेछ ।

विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले गर्ने जनाइएको छ । बन्दसत्र भोलि (सोमबार) बिहानदेखि भृकुटीमण्डपको सभाहलमा हुनेछ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १० : ०५ बजे

चुनाव आउँछ जान्छ, नागरिकको भरोसा जोगाउनु छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव आउने जाने क्रम

जनकपुरधाम उपमहानगरपालिकाको दुई अर्ब ४६ करोड ८९ लाख रुपैयाँको संशोधित बजेट

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि दुई

प्रथम वैतेश्वर शिक्षक-कर्मचारी भलिबलको उपाधि आयोजक टिमलाई

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाको आयोजनामा सञ्चालित  वडा स्तरीय शिक्षक-कर्मचारी भलिबल

गगनले भने, ‘कांग्रेस दास र लासको पार्टी होइन, जिउँदाहरूको हो’

काठमाडौं- महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस दास र लासको नभइ

कांग्रेस महाधिवेशनमा नेता/कार्यकर्तालाई एलर्जीको समस्या बढी, जथाभावी औषधि वितरण

काठमाडौं- राजधानीको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा स्थापना गरिएको