सिमलतालबाट त्रिशुलीमा खसेको एउटा बस डेढ वर्षपछि भेटियो « Khabarhub

सिमलतालबाट त्रिशुलीमा खसेको एउटा बस डेढ वर्षपछि भेटियो


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस डेढ वर्षपछि फेला परेको छ।

२०८१ असारमा सिमलताल पहिरोले बगाउँदा त्रिशुलीमा दुई वटा बस खसेका थिए। खसेका दुई बस मध्ये बालुवामा पुरिएको अस्थामा एउटा भेटिएको हो।

चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा २०८१ असार २८ गते शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका हुन् ।

उक्त दुर्घटनामा वीरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बर र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए ।

चितवन प्रहरीले अहिले घटनास्थलमा गइरहेको बताएको छ। उक्त दुर्घटनामा बसमा सवार ३५ यात्रु अझैसम्म हराइरहेका छन्। दुई वटा बसमा ६५ यात्रु सवार थिए ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १० : २९ बजे

चुनाव आउँछ जान्छ, नागरिकको भरोसा जोगाउनु छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव आउने जाने क्रम

जनकपुरधाम उपमहानगरपालिकाको दुई अर्ब ४६ करोड ८९ लाख रुपैयाँको संशोधित बजेट

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि दुई

प्रथम वैतेश्वर शिक्षक-कर्मचारी भलिबलको उपाधि आयोजक टिमलाई

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाको आयोजनामा सञ्चालित  वडा स्तरीय शिक्षक-कर्मचारी भलिबल

गगनले भने, ‘कांग्रेस दास र लासको पार्टी होइन, जिउँदाहरूको हो’

काठमाडौं- महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस दास र लासको नभइ

कांग्रेस महाधिवेशनमा नेता/कार्यकर्तालाई एलर्जीको समस्या बढी, जथाभावी औषधि वितरण

काठमाडौं- राजधानीको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा स्थापना गरिएको