विपद्का घटनामा परी ४१५ जनाको मृत्यु, सबैभन्दा धेरै मृत्यु सर्पदंश र आगलागीका कारण « Khabarhub

विपद्का घटनामा परी ४१५ जनाको मृत्यु, सबैभन्दा धेरै मृत्यु सर्पदंश र आगलागीका कारण


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर पछिल्लो ९ महिनामा विभिन्न विपद्का घटनामा परी ४१५ जनाको मृत्यु भएको छ भने १ हजार ५९५ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुासर अनुसार वैशाख १ गतेदेखि हालसम्म ११ प्रकारका विपद्का घटनाबाट उक्त मानवीय क्षति भएको हो । प्राधिकरणले मृत्यु, घाइते, प्रभावित परिवारलगायतका विवरण संकलन गर्दै आएको छ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै मृत्यु सर्पदंश र आगलागीका कारण भएको छ । सर्पदंशबाट ९६ जनाको मृत्यु भएको छ भने आगलागीमा परी ६९ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी, बाढीका कारण ३७, पहिरोमा परी ७०, भारी वर्षाका कारण ७, चट्याङ लागेर ४४, वन डढेलोमा १, हावाहुरीमा ८, जनावरको आक्रमणमा ४२, लेक लागेर ३५ तथा हिउँ पहिरोमा परी ६ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १२ : ३५ बजे

साँझमा यस्तो देखियो कांग्रेस विशेष महाधिवेशन स्थल (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको राजधानीको भृकुटीमण्डपमा जारी पार्टीको दोस्रो महाधिवेशनमा कांग्रेस

कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिले गरे हस्ताक्षर

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

पार्टीबाट दुई पटक प्रधानमन्त्री र तीन पटक भन्दा बढी मन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

नागरिक असन्तुष्टि केलाएर नयाँ सङ्कल्पका साथ अघि बढ्नेछौँ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक