रानी मुखर्जीको ‘मर्दानी ३’ रिलिज मिति सार्वजनिक  « Khabarhub

रानी मुखर्जीको ‘मर्दानी ३’ रिलिज मिति सार्वजनिक 


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडको चर्चित महिला–केन्द्रित प्रहरी फ्रेन्चाइज ‘मर्दानी’ फेरि एकपटक दर्शकमाझ धमाकेदार रूपमा फर्किने तयारीमा छ । 

यशराज फिल्म्सले फेब्रुअरी २७ मा रिलिज हुने भनिएको रानी मुखर्जी अभिनीत ‘मर्दानी ३’ को रिलिज मिति अगाडि सार्दै  ३० जनवरी २०२६ मा प्रदर्शनमा आउने घोषणा गरेको छ । 

मिति घोषणासँगै सार्वजनिक गरिएको पहिलो पोस्टरले फिल्म अहिलेसम्मकै सबैभन्दा गहिरो , हिंसात्मक र गम्भीर हुने संकेत दिएको छ ।

एक दशकभन्दा बढी समयदेखि ‘मर्दानी’ हिन्दी सिनेमाको सबैभन्दा सफल र एकमात्र महिला प्रधान प्रहरी फ्रेन्चाइजका रूपमा आफ्नो बलियो पहिचान बनाउँदै आएको छ । 

तेस्रो भागमा पनि अभिनेत्री रानी मुखर्जी आफ्नो चर्चित पात्र शिवानी शिवाजी रोय को भूमिकामा पुनः देखिँदै छिन् । निडर, कठोर र न्यायका लागि कुनै सम्झौता नगर्ने प्रहरी अधिकृत शिवानीको यो अवतार अझ शक्तिशाली र गहिरो हुने बताइएको छ।

भारतीय मिडिया अनुसार, अभिराज मिनावालाको निर्देशन तथा आदित्य चोपडाको निर्माणमा तयार हुँदै गरेको ‘मर्दानी ३’ ले अघिल्ला भागझैं समाजका संवेदनशील र असहज यथार्थलाई निर्भीक रूपमा उजागर गर्ने परम्परा कायम राख्नेछ । 

पहिलो भाग  ‘मर्दानी’ ले मानव बेचबिखनजस्तो गम्भीर विषय उठाएको थियो भने ‘मर्दानी २’ ले मानसिक रूपमा विक्षिप्त सिरियल अपराधीको डरलाग्दो मानसिकता देखाएको थियो। तेस्रो भागमा पनि समाजको अर्को अँध्यारो र क्रूर पक्षलाई पर्दामा ल्याइने बताइएको छ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १२ : ४५ बजे

साँझमा यस्तो देखियो कांग्रेस विशेष महाधिवेशन स्थल (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको राजधानीको भृकुटीमण्डपमा जारी पार्टीको दोस्रो महाधिवेशनमा कांग्रेस

कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिले गरे हस्ताक्षर

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

पार्टीबाट दुई पटक प्रधानमन्त्री र तीन पटक भन्दा बढी मन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

नागरिक असन्तुष्टि केलाएर नयाँ सङ्कल्पका साथ अघि बढ्नेछौँ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक