पृथ्वीनारायण शाहको राष्ट्रप्रेम र एकताको भावना हाम्रा लागि प्रेरणाको स्रोत : सभामुख घिमिरे « Khabarhub

पृथ्वीनारायण शाहको राष्ट्रप्रेम र एकताको भावना हाम्रा लागि प्रेरणाको स्रोत : सभामुख घिमिरे


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय एकता, आपसी सद्भाव र समृद्ध नेपालको साझा सङ्कल्पलाई अझ सुदृढ बनाओस् भन्ने कामना व्यक्त गरेका छन् । 

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा आज एक शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले राष्ट्रनिर्माता शाहले मुलुकको एकीकरण प्रक्रियामा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कनसहित उनीप्रति सम्मान व्यक्त गरेका थिए  ।   

उनले सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । 

‘स–साना राज्यलाई एकीकरण गरी स्वतन्त्र, सार्वभौम र स्वाभिमानी नेपालको जग बसाल्ने पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्व, राष्ट्रप्रेम र एकताको भावना आज पनि हामी सबैका लागि प्रेरणाको स्रोत हो’, सन्देशमा भनिएको छ, ‘उहाँका विचार र दिव्योपदेशले राष्ट्रिय एकता, आत्मनिर्भरता र देशहितलाई सधैँ मार्गदर्शन गरिरहने छन् ।’
 

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १ : १९ बजे

कांग्रेसको विशेष महाधिवेशन : सोमबार बिहान १० बजेदेखि बन्दसत्र सुरू हुने

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान

राजेश हमालले भने : नेतृत्व चयन गर्दा जनता चनाखो हुनुपर्छ

झापा – नेपाली चलचित्रका अभिनेता राजेश हमालले देशको विकासमा जनस्तरबाटै

साँझमा यस्तो देखियो कांग्रेस विशेष महाधिवेशन स्थल (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको राजधानीको भृकुटीमण्डपमा जारी पार्टीको दोस्रो महाधिवेशनमा कांग्रेस

कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिले गरे हस्ताक्षर

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले