पृथ्वीनारायण शाहको राष्ट्रप्रेम र एकताको भावना हाम्रा लागि प्रेरणाको स्रोत : सभामुख घिमिरे « Khabarhub

पृथ्वीनारायण शाहको राष्ट्रप्रेम र एकताको भावना हाम्रा लागि प्रेरणाको स्रोत : सभामुख घिमिरे


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय एकता, आपसी सद्भाव र समृद्ध नेपालको साझा सङ्कल्पलाई अझ सुदृढ बनाओस् भन्ने कामना व्यक्त गरेका छन् । 

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा आज एक शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले राष्ट्रनिर्माता शाहले मुलुकको एकीकरण प्रक्रियामा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कनसहित उनीप्रति सम्मान व्यक्त गरेका थिए  ।   

उनले सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । 

‘स–साना राज्यलाई एकीकरण गरी स्वतन्त्र, सार्वभौम र स्वाभिमानी नेपालको जग बसाल्ने पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्व, राष्ट्रप्रेम र एकताको भावना आज पनि हामी सबैका लागि प्रेरणाको स्रोत हो’, सन्देशमा भनिएको छ, ‘उहाँका विचार र दिव्योपदेशले राष्ट्रिय एकता, आत्मनिर्भरता र देशहितलाई सधैँ मार्गदर्शन गरिरहने छन् ।’
 

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १ : १९ बजे

पुरानो नियुक्ति खाएकालाई चन्द्र भण्डारीको सुझाव- अब लामो सास नफेर

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ सरकार आएसँगै

रविको अभियोग फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति

फिल्म मेकरमा साइत कुर्ने दीर्घरोग : नाच्न नजान्ने, आँगन टेढो !

काठमाडौं – नेपालमा ‘फेमिली अडिएन्स’ लक्षित गरी बनाइएका फिल्महरू ब्लकब्लस्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा