किराती–साम्पाङ भेटवार्ता सकारात्मक, दुवै सुनसरी–१ बाट उठ्ने तयारीमा « Khabarhub

किराती–साम्पाङ भेटवार्ता सकारात्मक, दुवै सुनसरी–१ बाट उठ्ने तयारीमा


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

धरान– पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी अध्यक्ष परिषद्का सदस्य सुदन किराती र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच आइतबार भेटवार्ता भएको छ।

धरानको रमाइलो चोकस्थित होटल ह्वाइट डोभमा भएको भेटमा देशको राजनीतिक र आर्थिक संकट तथा त्यसको निकासबारे गम्भीर छलफल भएको किरातीले बताए। 

भेटवार्ता सकारात्मक रहेको र आगामी दिनमा पनि संवादलाई निरन्तरता दिने सहमति भएको दुवै पक्षले जनाएका छन्।

भेटका क्रममा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच सहकार्य गर्ने विषयमा पनि समझदारी बनेको छ। औपचारिक गठबन्धनबारे निर्णय नभए पनि राजनीतिक सहकार्यको ढोका खुला राख्ने सहमति भएको बुझिएको छ।

यसैबीच प्रगतिशील लोकतान्त्रिक पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर १ बाट सुदन किरातीको नाम उम्मेदवारका रूपमा सिफारिस गरिसकेको छ। 

उता धरानका मेयर साम्पाङले पनि सुनसरी १ बाट उठ्ने तयारी गरेका छन् । सुदनलाई पार्टीको सुनसरी जिल्ला कार्यसमितिले फागुन २१ गते हुने निर्वाचनका लागि केन्द्रमा सिफारिस  पठाएको छ। 

२०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा किराती तत्कालीन माओवादी केन्द्रका तर्फबाट भोजपुरबाट निर्वाचित भएका थिए। 

माओवादी केन्द्र विभिन्न वाम दलसँग एकीकृत भई नेकपा बनेपछि जनार्दन शर्मासँगै अलग भएका किराती हाल नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीमा छन्।

सुनसरी–१ धरान उपमहानगरपालिका समेटिएको क्षेत्र हो, जहाँ हर्क साम्पाङ मेयर छन्। साम्पाङले आगामी निर्वाचनमा यही क्षेत्रमा उठ्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १ : २८ बजे

पोखराबाट काठमाडौं आइरहेको बस मध्यराति त्रिशूलीमा खस्यो, कम्तीमा १७ जनाको मृत्यु

काठमाडौं– पोखराबाट काठमाडौं आइरहेको एउटा यात्रुवाहक बस मध्यराति (सोमबार बिहान

विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध चलेन भारतको ब्याटिङ, ७६ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा दक्षिण अफ्रिकाले

निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को

मधेश बलियो भए मात्रै मुलुकमा सङ्घीयता सुरक्षित रहन्छ : यादव

सप्तरी – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

मापदण्ड बमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध

काठमाडाैं – निर्वाचन आयोगले तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र