एमालेका केन्द्रीय सदस्यहरू प्रादेशिक रुपमा चुनावी रणनीति बनाउँदै  « Khabarhub

एमालेका केन्द्रीय सदस्यहरू प्रादेशिक रुपमा चुनावी रणनीति बनाउँदै 


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केन्द्रीय कमिटीको बैठकमा भाग लिन आएका नेकपा एमालेका केन्द्रीय सदस्यहरूले काठमाडौंमा प्रादेशिक बैठक बसेर चुनावी रणनीति बनाउन लागिपरेका छन् ।

सातै वटा प्रदेशका संयोजकहरूले आफ्नो प्रदेशबाट प्रतिनिधित्व गर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यहरू सहितको बैठक बोलाएका हुन् । यस्ता बैठक कतिपयले पार्टी केन्द्रीय कार्यालय च्यासलमा त कतिपयले आफूलाई अनुकूल हुने स्थानमा आयोजना गरेका छन् ।

केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार सम्बन्धित प्रदेशमा निर्वाचन केन्द्रित रणनीति बनाउन सहज होस भन्ने उद्देश्यले सबै प्रदेशका संयोजकहरूले बैठक बोलाएका हुन् । लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशले आज बैठक बोलाएका छन् ।

मधेस,बागमती,कोशी,सुदूरपश्चिमले भोलीलाई बैठक बोलाएका छन् । कतिपय प्रदेशका बैठकमा अध्यक्ष केपी शर्मा ओली आफैँ उपस्थित हुने तयारी गरेका छन् ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १ : ४४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली