विभाजन होइन, कांग्रेसको एकताका लागि अघि बढिरहनेछु : डा. कोइराला « Khabarhub

विभाजन होइन, कांग्रेसको एकताका लागि अघि बढिरहनेछु : डा. कोइराला


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबारे भिडियो सन्देश जारी गरेका छन् । विशेष महाधिवेशन चलिरहेका बेला कोइरालाले भिडियो सन्देश जारी गरेर आफू सधैँ कांग्रेस विधि विधान र नीतिअनुसार चलोस् भन्ने पक्षमा रहेको बताएका छन् । उनले आफूसँग अन्य साथीहरू रुष्ट हुँदाहुँदै पनि कांग्रेसका लागि निरन्तर लडेको उल्लेख गरेका छन् ।

‘म यहाँ प्रष्ट भन्न चाहन्छु, मेरो निजी महत्वकाङ्क्षा केही छैन । मन्त्री, महामन्त्री पदहरू पटकपटक आए तर मैले यस्ता अवसरमा रुचि देखाइनँ । त्यस्तै, सभापति, प्रधानमन्त्री हुने कुराले मलाई लोभ्याउँदैन ।’ कोइरालाले भिडियो सन्देशमा भनेका छन्, ‘मैले परिवारबाट पाएको यही शिक्षा मेरो जीवन दर्शन हो । म यही जीवन दर्शनबाट अभिप्रेरित भएर कांग्रेसको समग्र एकताको पक्षमा छु । एकातिर मैले शेरबहादुर देउवाको कार्यशैलीसँग लड्नुपरेको थियो भने अर्कोतिर ती युवाहरूको असन्तोषको सामना गरिरहनुपरेको छ, जो ऊर्जावान र जोशिलो भएर मेरो अगाडि उपस्थित हुन्छन् ।’

उनले आफूलाई कांग्रेस विधानमा के छ भन्ने कुरा सम्पूर्ण जानकारी रहेको बताउँदै । काङ्ग्रेस विशेष महाधिवेशनको अभियान चलिरहँदा आफ्नो मत काङ्ग्रेस केन्द्रीय कार्य समितिमा लिखित रूपमा आफ्नो मत राखेको बताए ।

‘मैले यो मत राखिरहँदा कांग्रेसमा कतै कुनै कुनाबाट विभाजनको प्राविधिक र भावनात्मक प्रभाव नहोस् भनिकन सतर्क थिए । काङ्ग्रेस विभाजन हुँदा कसले त्याग र अपमान सहनुपर्छ भन्ने मलाई थाहा छ । म पार्टी विभाजनको लागि होइन कांग्रेसको मत र भावना एकताका लागि अघि बढिरहनेछु ।’ कोइरालाले भनेका छन, ‘म एक्लो भएपनि वीपी किशुनजी लगायतका व्यक्तिहरुले छाडेको पदबाट विचलित हुने छैन । उहाँहरू जस्तै हामी सबै कांग्रेसहरु मिलेर सहमति र सहकार्य र एकताको सन्देश दिने महाधिवेशन गरेर जान सक्दैनौ ? हामीलाई शुभचिन्तक र अन्तर्राष्ट्रिय समुदायले पनि एकताका साथ अगाडि जाउन भनेर नसोचेका होलान् र ?’

‘सोचौँ हामी आदरणीय महाधिवेशन प्रतिनिधि साथीहरु तपाईहरु पार्टीको धरोहर हुनुहुन्छ । समग्र कांग्रेसको हित र एकताबद्ध पार्टी कसरी निर्माण गर्न सकिन्छ भन्ने ऐतिहासिक दायित्व निर्वाह गर्न त्यति नै सक्षम हुनुहुन्छ भन्ने मेरो विश्वास छ । यो कार्यका लागि मैले केही दिनदेखि भगिरत प्रयत्न गरिरहेको छु जबसम्म निकास निस्किँदैन । तबसम्म म लागिरहनेछु ।’ उनले भनेका छन् । कोइरालाले एकताबद्ध भएर अगाडि बढ्न जय नेपालको नाराले मात्रै सम्भव रहेको बताएका छन् ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १ : ५१ बजे

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा

गगन र विश्वलाई योगेशको सलाम

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विशेष महाधिवेशन

कांग्रेसको विशेष महाधिवेशनमा २ हजार ६६२ प्रतिनिधि सहभागी

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने प्रतिनिधिहरूको

राज्यका प्रमुख संस्थामाथि आक्रमण गर्नेलाई निर्वाचनमार्फत पराजित गर्नुपर्छ : महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यका प्रमुख संस्थामाथि

पृथ्वी जयन्तीले राष्ट्रिय एकता र देशप्रेमको भावना विकासमा प्रेरित गर्छ : लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीले