काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले विशेष महाधिवेशनले गरेको निर्णयलाई मान्नुपर्ने बताएका छन् ।
आइतबार पार्टीको दोस्रो विशेष महाधिवेशनमा मन्तव्य राख्नै श्रेष्ठले ७० वर्षपछि भएको पार्टीको विशेष महाधिवेशनको निर्णय मान्नुपर्ने बताएका छन् ।
‘यहाँ कसैले हठ गरिराख्न हुँदैन, विधि र विधानअनुसार अगाडि बढ्न दिनपर्छ, विधि र विधानअनुसार चल्नपर्छ’, उनले भने, ‘विशेष महाधिवेशनले गरेको निर्णयलाई कार्यान्वयन गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।’
साथै, उनले मुलुकको राष्ट्रियता जोगाउन गुटभन्दा माथि उठेर काम गर्नुपर्ने पनि उनले बताए ।













प्रतिक्रिया