मेचीनगरमा प्रथम भाक्का उत्सव « Khabarhub

मेचीनगरमा प्रथम भाक्का उत्सव


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

झापा‍– मेचीनगरमा पहिलो पटक राजवंशी समुदायले आज प्रथम भाक्का पिठ्ठा उत्सव मनाएका छन् । मेचीनगर–७ इटाभट्टामा राजवंशी समाज विकास समिति मेचीनगरले आयोजना गरेको भाक्का उत्सवमा पाँच सय किलो चालमको पिठोको भाक्का बनाइएको हो ।

रैथाने परम्परागत खाद्य परिकारका रूपमा रहेको भाक्कालाई प्रवर्द्धन र सम्बर्द्धन गर्ने उद्देश्यले भाक्का उत्सव मनाइएको समितिका नगर अध्यक्ष दिनेश राजवंशीले बताए । 

भाषा, कला, संस्कार, संस्कृतिको पहिचानसहित आयोजना गरिएको भाक्का उत्सवले पर्यटन प्रवर्द्धनमासमेत सहयोग पुग्ने कार्यक्रमका प्रमुख अतिथि गोपालचन्द बुढाथोकीले बताए । उनले २५ भन्दा बढी जातजाति रहेको नगरमा राजवंशी समुदायको उलेख्य बसोबास रहेको जानकारी दिए ।

नगरका १५ वटै वटाबाट ३० जना जातीय पोसाक र गरगहनामा सजिएका राजवंशी समुदायका महिलाले भाक्काका परिवारका बनाएका छन् ।

पूर्वी तराईको झापा र मोरङका आदिवासी राजवंशी समुदायको भाक्का खाने पुरानो चलन हो । धानको पीठोबाट बनाइएको भाक्का पोसिलो, स्वादिलो हुने हुँदा पूर्वी तराईमा यो लोकप्रिय बनिरहेको छ । 

मङ्सिरबाट जिल्लाका काँकरभिट्टा, इँटाभट्ट, बिर्तामोड, भद्रपुर, दमकलगायत सहरी क्षेत्र र ग्रामीण क्षेत्रका चोक तथा बजारमा भाक्का बनाएर राजवंशीलगायत अन्य समुदायले बिक्री गर्दै आएका छन् । 

पानीको बाफमा पकाइने र कुनै किसिमको मिसावट नहुने हुँदा भाक्का खानु स्वास्थ्यका लागि अति उत्तम हुने मेचीनगर नगरपालिका–७ वडाध्यक्ष प्रल्लाद ओलीले बताए । उनका अनुसार जिल्लाभरका राजवंशी समुदायले यही पुस २९ गतेलाई भाक्का दिवसका रूपमा नौ वर्षदेखि मनाउँदै आएका छन् । रासस
 

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ३ : ५० बजे

पुरानो नियुक्ति खाएकालाई चन्द्र भण्डारीको सुझाव- अब लामो सास नफेर

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ सरकार आएसँगै

रविको अभियोग फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति

फिल्म मेकरमा साइत कुर्ने दीर्घरोग : नाच्न नजान्ने, आँगन टेढो !

काठमाडौं – नेपालमा ‘फेमिली अडिएन्स’ लक्षित गरी बनाइएका फिल्महरू ब्लकब्लस्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा