ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु « Khabarhub

ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

बागमती– पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा आज दिउँसो ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना४ख ८९२१ नम्बरको ट्रक र मनहरीबाट ज्यामिरेतर्फ आउँदै गरेको ना४६प ६०२८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक मनहरी गाउँपालिका–७ निवासी ४० वर्षीय सूर्यबहादुर मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । 

दुर्घटनामा परी गम्भीर घाइते मोक्तानको मनहरी अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवनमा भर्ना गरिएकोमा उपचारकै क्रममा दिउँसो ३ बजेतिर मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।

ठक्कर दिने ट्रक र चालक हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याइङ निवासी ५४ बर्षीय बुद्धिबहादुर स्याङ्तानलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ४ : १४ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट