सुडी समाजको १५ औँ वार्षिक साधारणसभा : ज्येष्ठ नागरिकलाई सम्मान « Khabarhub

सुडी समाजको १५ औँ वार्षिक साधारणसभा : ज्येष्ठ नागरिकलाई सम्मान


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुडी समाज काठमाडौँले विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान गरेको छ । सुडी समाज काठमाडौँको आज भक्तपुरमा आयोजित १५औँ वार्षिक साधारणसभा तथा सुडी पारिवारिक मिलन समारोह (वनभोज) कार्यक्रममा समाजको विकास र उन्नयनमा उल्लेखनीय योगदान पुर्‍याएबापत चार जना ज्येष्ठ नागरिकसहित विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेको हो । 

समाजका पूर्वअध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य जुली महतो, सुडी समाज महासङ्घ नेपालका अध्यक्ष परमेश्वर महासेठ र समाजका अध्यक्ष शीतलप्रसाद महतोले संयुक्त रूपमा ७२ वर्षमाथि उमेरसमूहका डा शङ्करप्रसाद साह सुडी, रामप्रताप पञ्जियार, विष्णु पूर्वे र जगदम्वा देवीलाई दोस्सला ओढाएर सम्मान–पत्रद्वारा सम्मान गरे । 

यसैगरी इञ्जिनियरिङ्ग सेवातर्फ नेपाल भ्यालुयर्स एसोसिएसनका अध्यक्ष इञ्जिनियर सञ्जय महतो तथा चिकित्सकतर्फ नेपाल डेन्टल एसोसिएशनका अध्यक्ष डा अजयकुमार साहर नेपाल दृष्टि विशेषज्ञ सङ्घका अध्यक्ष दीपक साहलाई प्रशंसा पत्रद्वारा सम्मान गरियो । 

त्यस्तै एसइई –२०८१ को परीक्षामा छात्रतर्फ चार जिपिए ल्याएर उतिर्ण हुने रविराज पूर्वे तथा छात्रातर्फ ३ दशमलव ९६ जिपिए ल्याएर उतिर्ण हुने बन्दना साहलाई नगदसहित सम्मानद्वारा सम्मान गरियो । पुरस्कारको राशि पाँच हजार एक सय पाँच रुपैयाँ रहेको छ । 

सभामा समाजद्वारा प्रकाशित समाजको गतिविधिसम्बन्धी बुलेटिनको विमोचन गरिएको छ । सो अवसरमा एमालेका केन्द्रीय सदस्य जुली महतोले ज्येष्ठ नागरिकको अनुभवले आउँदो पुस्ता लाभान्वित हुने बताउँदै ज्येष्ठ नागरिक सिङ्गो समाजको अनुभवका जिउँदो प्रतिमूर्ति र इतिहास भएको उल्लेख गरे । 

समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज सबल र समृद्ध हुन नसक्ने उल्लेख गर्दै उनले समाजको अग्रगामी रूपान्तरणका लागि नयाँ योजना र दृष्टिकोण आवश्यक रहेको बताए ।

सुडी समाज महासङ्घ नेपालका अध्यक्ष परमेश्वर महासेठले समाजप्रति समर्पित भएर सुडी समुदाय र समाजको गरिमालाई उच्च पार्नका लागि सुडी समाज काठमाडौंको भूमिका र समर्पण महत्त्वपूर्ण रहेको बताउँदै सुडी समुदायका व्यक्तिबीच मैत्रीपूर्ण एंव पारस्परिक सम्बन्ध कायम गर्ने तथा सामाजिक, शैक्षिक, आर्थिक र स्वास्थ्यलगायत क्षेत्रको विकास, उन्नयन र सुडी समुदायको कल्याणका लागि समाज सक्रिय रूपमा लाग्नुपर्ने आवश्यकता रहेको औँल्याए । रासस

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ४ : ३४ बजे

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला