काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा चलिरहेको छ । महाधिवेशनस्थलमा एकातिर नेताहरुले सम्बोधन गरिरहेका छन् छ भने अर्कोतिर महाधिवेशन प्रतिनिधिहरुले आफ्नो नाम दर्ता गराउने क्रम पनि चलिरहेको छ ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन डाक्न कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर आवश्यक पर्छ ।
महाधिवेशन आयोजक पक्षले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेकाले विशेष महाधिवेशन डाकिएको बताउँदै आएका छन् ।
कार्यक्रमस्थलमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरिसकेको आयोजकले जनाएको छ ।













प्रतिक्रिया