राजा हाँसेर गए तर हाम्रा नेता हेलिकप्टरबाट जोगाउनुपर्‍यो : चन्द्रप्रसाद भण्डारी « Khabarhub

राजा हाँसेर गए तर हाम्रा नेता हेलिकप्टरबाट जोगाउनुपर्‍यो : चन्द्रप्रसाद भण्डारी


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्रप्रसाद भण्डारीले पूर्व राजा ज्ञानेन्द्र हाँसेर मुकुट दिएर गएको तर, जेन-जी आन्दोलनमा नेता जोगाउन हेलिकप्टर प्रयोग गर्नुपरेको बताएका छन् ।

पार्टीको विशेष महाधिवेशनमा बोल्दै नेता भण्डारीले नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाए ।

‘०६३/६३ सालको राजा जसलाई हामीले तानसाह भन्यौँ, उनीले दरबारमा राजनीतिक साथीहरूलाई बोलाएर निशानी हस्तान्तरण गरे, श्रीपेच हस्तान्तरण गरे, ल तपाईँहरू राम्ररी बस्नुहोला भनेर आफैँ गाडी चलाएर गए’, उनले भने, ‘तर, हाम्रा नेतालाई जोगाउनलाई हेलिकप्टर चढाएर लगेर राख्नुपर्‍यो ।’

उनले यस्तो अवस्था प्रजातन्त्र नभएको बताए । 

आफ्ना वरिपरि घुम्नेहरूलाई शासन सत्ता सुम्पेर मुलुक बन्दोरहेनछ भन्ने कुरा पनि जेन-जी आन्दोलनले देखाएको नेता भण्डारीको भनाइ थियो ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ४ : ५५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली