राजा हाँसेर गए तर हाम्रा नेता हेलिकप्टरबाट जोगाउनुपर्‍यो : चन्द्रप्रसाद भण्डारी « Khabarhub

राजा हाँसेर गए तर हाम्रा नेता हेलिकप्टरबाट जोगाउनुपर्‍यो : चन्द्रप्रसाद भण्डारी


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्रप्रसाद भण्डारीले पूर्व राजा ज्ञानेन्द्र हाँसेर मुकुट दिएर गएको तर, जेन-जी आन्दोलनमा नेता जोगाउन हेलिकप्टर प्रयोग गर्नुपरेको बताएका छन् ।

पार्टीको विशेष महाधिवेशनमा बोल्दै नेता भण्डारीले नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाए ।

‘०६३/६३ सालको राजा जसलाई हामीले तानसाह भन्यौँ, उनीले दरबारमा राजनीतिक साथीहरूलाई बोलाएर निशानी हस्तान्तरण गरे, श्रीपेच हस्तान्तरण गरे, ल तपाईँहरू राम्ररी बस्नुहोला भनेर आफैँ गाडी चलाएर गए’, उनले भने, ‘तर, हाम्रा नेतालाई जोगाउनलाई हेलिकप्टर चढाएर लगेर राख्नुपर्‍यो ।’

उनले यस्तो अवस्था प्रजातन्त्र नभएको बताए । 

आफ्ना वरिपरि घुम्नेहरूलाई शासन सत्ता सुम्पेर मुलुक बन्दोरहेनछ भन्ने कुरा पनि जेन-जी आन्दोलनले देखाएको नेता भण्डारीको भनाइ थियो ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ४ : ५५ बजे

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला