इस्लामाबादमा विवाह समारोहमा ग्यास विस्फोट, ८ जनाको मृत्यु « Khabarhub

इस्लामाबादमा विवाह समारोहमा ग्यास विस्फोट, ८ जनाको मृत्यु


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– पाकिस्तानको राजधानी इस्लामाबादमा एक घरमा आयोजना गरिएको विवाह समारोहपछि आइतबार बिहान ग्यास सिलिन्डर विस्फोट हुँदा दुलहा–दुलहीसहित कम्तीमा आठ जनाको ज्यान गएको छ । प्रहरी र सरकारी अधिकारीहरूले घटनाको पुष्टि गरेका छन् ।

इस्लामाबाद प्रहरीका अनुसार विवाहको रिसेप्सन सम्पन्न भएपछि दुलहा–दुलहीसहित पाहुनाहरू सोही घरमा सुतेका थिए । बिहान अचानक भएको विस्फोटका कारण घरको केही भाग भत्किँदा घटनास्थलमै आठ जनाको मृत्यु भएको हो । विस्फोटमा परी सात जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई नजिकैका अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरीले जारी गरेको विज्ञप्तिमा विस्फोट सहरको केन्द्रमा रहेको आवासीय क्षेत्रमा भएको उल्लेख गरिएको छ । घटनापछि सुरक्षाकर्मी, उद्धार टोली र दमकल विभाग तत्काल घटनास्थलमा पुगेर खोज तथा उद्धार कार्य सञ्चालन गरेका थिए । विस्फोटको असर नजिकैका केही घरहरूमा समेत परेको बताइएको छ ।

एक सरकारी प्रशासक साहिबजादा युसुफले आइतबार बिहान विस्फोट भएको जानकारी पाएलगत्तै सम्बन्धित निकायलाई सतर्क गराइएको र घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए । प्रारम्भिक रूपमा ग्यास सिलिन्डर चुहावटका कारण विस्फोट भएको आशङ्का गरिएको छ ।

प्रधानमन्त्री शाहबाज सरिफले यस दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाएकाहरूका परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले घाइतेहरूको निःशुल्क र उत्तम उपचार सुनिश्चित गर्न स्वास्थ्य अधिकारीहरूलाई निर्देशन दिनुका साथै घटनाबारे पूर्ण र निष्पक्ष अनुसन्धान गर्न आदेश दिएका छन् ।

पाकिस्तानका धेरै घरपरिवारहरू प्राकृतिक ग्यासको न्यून चापका कारण तरलीकृत पेट्रोलियम ग्यास (एलपिजी) सिलिन्डर प्रयोग गर्न बाध्य छन् । यस्ता सिलिन्डरहरूमा हुने ग्यास चुहावट र लापरबाहीका कारण यसअघि पनि घातक दुर्घटनाहरू हुँदै आएका छन् । प्रहरीले घटनासम्बन्धी अनुसन्धान जारी रहेको जनाएको छ । रासस

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ५ : ४७ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी