काठमाडौं– नेपाली कांग्रेसका नेता महेश आचार्यले बहुमत महाधिवेशन प्रतिनिधि भएको ठाउँमा नै नेता हुने बताएका छन् ।
पार्टीको विशेष महाधिवेशनमा बोल्दै उनले अहिले पार्टीको बहुमत प्रतिनिधि एकातिर र सभापति अर्कोतिर भएको बताए ।
‘आज विधिलाई स्थापित गर्नको निम्ति तपाईँको उपस्थिति भएको छ’, उनले भने, ‘बहुमत महाधिवेशन प्रतिनिधि जहाँ हुन्छन् त्यहीँ हुन्छन् नेता ।’
आचार्यले भोलिको कांग्रेस गगन–विश्व नेतृत्वको भएको भन्दै विगतको कांग्रेसलाई सम्मान भएको बताए ।













प्रतिक्रिया