गगन–विश्वको प्रशंसा, देउवाको खोजी « Khabarhub

विशेष महाधिवेशन

गगन–विश्वको प्रशंसा, देउवाको खोजी



काठमाडौं- भदै २३ र २४ गतेको जेनजी आन्दोलनपछि कांग्रेस पार्टी न हाँस न बकुल्लाको चालमा छ । चुनावअघि र पछि महाधिवेशनको विवादले गर्दा कांग्रेसमा ठुलो संकट देखिएको छ । यही संकटबीच कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको दर्बिलो अडानले कांग्रेसको विशेष महाधिवेशन सुरु भएको छ ।

कांग्रेसको विशेष महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा, दिशा र नेतृत्व दिनेमा अधिकांश नेताहरू ढुक्क छन् । तर के साँच्चिकै नेताले भनेजस्तै नयाँ नेतृत्व दिशा र नीति दिन्छ ? यो प्रश्नको उत्तर पाउन केही दिन पर्खनुपर्ने हुन्छ ।

महाधिवेशनले नयाँ विचार र नयाँ नेतृत्व स्थापना गर्ने र पार्टी विभाजन हुन नदिने महामन्त्रीद्वयले राखिरहँदा कसैकसैले विशेष महाधिवेशनपछि कांग्रेस फुट्छ भन्ने प्रक्षेपण गरिरहेका छन् । पुरानै शैलीमा कांग्रेस अगाडि बढे निर्वाचनमा जनताले उत्तानो बनाउने भन्दै महामन्त्रीद्वयले नियमित र विशेष महाधिवेशनको वकालत गरिरहँदा कांग्रेस संस्थापन पक्ष शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का भने अन्तिम समयसम्म उनीहरूलाई रोक्ने प्रयत्नमा थिए ।

करिब ३ महिनाको संस्थापन पक्ष र संस्थापन इतर पक्षको रस्साकस्सीपछि पनि पार नलागेपछि दुई महामन्त्रीले विशेष महाधिवेशनको सङ्कल्प गरेका थिए । अन्ततः उनीहरू यसमा सफल पनि भएका छन् । तर यो समाचार तयार पार्दासम्म पनि सभापति देउवा, कार्यवाहक सभापति खड्का पहिलेकै पदचापमा हिँडिरहेका छन् । उनीहरू यथास्थितिवादी कांग्रेस चलाउने धूनमा छन् भने दुई महामन्त्री नयाँ कांग्रेसको इन्जिनीयरिङ चाहन्छन् ।

रोचक के छ भने कांग्रेसमा दुई पक्षको कुरा आइरहँदा पूर्व पदाधिकारी जस्तो कृष्ण सिटौला संस्थापन इतर पक्षका नेता डा. शेखर कोइराला, नेता शशांक कोइराला, पूर्वमन्त्री प्रकाशमान सिंह, नेता विमलेन्द्र निधि भने चुपचाप छन् । कांग्रेसलाई संकट पर्दा न उनीहरूले दुई पक्ष मिलाउन सके, न आफू कुन पक्ष हो भनेर कित्ता खुलाउन नै चाहे ।

महाधिवेशन सुरु भएपछि कोइरालाले भिडियो सन्देश जारी गरेर कांग्रेस विभाजनको लागि होइन, एकताका लागि अघि बढिरहने कुरा सुनाए । उनको भिडियो सन्देशले दिन खोजेको आशय कसैले बुझेनन् ।

विशेष महाधिवेशनलाई नियाल्दा संस्थापन पक्षकै धेरै केन्द्रीय सदस्य र नेताहरू पनि महाधिवेशन स्थल पुगेका छन् । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनमा हस्ताक्षर गर्दा संस्थापन पक्षका नेताले फोन गरेर विशेष महाधिवेशनमा उपस्थित नहुन उर्दी समेत जारी गरेको थियो ।

त्यो उर्दीलाई बेवास्ता गरेर ५४ प्रतिशत बढी नेता कार्यकर्ताको विशेष महाधिवेशनमा उपस्थित रहेको नेता गुरुराज घिमिरेले बताउँछन् । घिमिरेका अनुसार यो महाधिवेशनमा ६० भन्दा धेरै प्रतिशत नेताहरू उपस्थित हुनेछन् ।

मञ्चबाटै देउवाको खोजी

कांग्रेस नेता नेता सुनिल शर्माले मञ्चबाटै शेरबहादुर देउवालाई दुई महामन्त्रीको कदमले जनता उत्साहित हुने अवस्था रहेको बताउँदै देउवालाई पनि सोमबार बिहानै विशेष महाधिवेशनमा उपस्थित हुन आग्रह गरे ।

कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले कम्युनिस्टको पछि लागेर शेरबहादुर देउवा बिग्रिएको बताउँदै कम्युनिस्टसँग नटाँसी चारतारे झण्डा लिएर एक्लै चुनावमा जान सक्ने कांग्रेस बनाउनका लागि देउवा विशेष महाधिवेशनमा उपस्थित हुनुपर्ने भनाइ राखे ।

उनले नआएका नेताहरूले ऐतिहासिक भूल गरेको भन्दै यो भूल नदोहो¥याउन भोलिसम्म बन्द सत्रमा उपस्थित हुन निमन्त्रणा गरे । लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पनि देउवाले वरिपरि बस्ने मान्छेका कुरा सुन्दा यो अवस्था आएको बताउँदै देउवालाई वरिपरिका नेताहरूले गलत सल्लाह दिएको टिप्पणी गर्दै पुनले सम्झाए – चम्चा धेरै हुँदा भाँडा रित्तिन्छ सभापतिलाई आठ दश वटा चम्चाको कुरा नसुन्न आग्रह गर्छु । उनीहरूको कुरा सुन्दा आफ्नो बुद्धिले काम गर्दैन। तपाईँ आफ्नो निर्णय गर्नुहोस् विशेष महाधिवेशनमा उपस्थित हुनुहोस् ।

गगन र विश्व अडानको प्रशंसा

महाधिवेशनको उद्घाटन सत्रमा बोल्ने अधिकांश वक्ताले महामन्त्रीद्वय विश्व प्रकाश शर्मा र गगन थापाको खुलेर प्रशंसा गरे । देशभरका कांग्रेस शुभचिन्तक र शुभेच्छुकको भावनालाई समेटेर विशेष महाधिवेशन गरेको बताउँदै नेताहरूले कांग्रेसका दुई ताराहरूलाई इतिहासले सम्मान गर्नेछ भन्दै प्रशंसा गरेका थिए। कांग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठले आफू सहित पुराना साथीहरूको विशेष महाधिवेशनमा उपस्थिति देख्दा खुसी लागेको बताउँदै गगन र विश्वको तारिफ गरे ।

‘कांग्रेसमा इतिहासको ब्याज खाएर बस्न पाउने अवस्था छैन । देशको अवस्था जटिल छ कांग्रेस बलियो हुनुपर्छ ।’ उनले भने– ‘भविष्यका तारा महामन्त्री गगनकुमार थापा र अर्का तारा महामन्त्री विश्वप्रकाश शर्माले ऐतिहासिक विशेष महाधिवेशन आयोजना गर्नुभयो । यसको पूर्ण सफलताको कामना गर्दछु । र यो महाधिवेशनमा उपस्थित भएर नयाँ विचार र नयाँ सोच सहितको कांग्रेस बनाउन आग्रह गर्दछु ।’

नेता विनोद चौधरीले गगन र विश्वको प्रशंसा गर्दै उनीहरू दुई नेतालाई साथ दिने सम्पूर्ण नेताहरूलाई आग्रह गरे । बेल्जियमबाट कांग्रेसको विशेष महाधिवेशनमा उपस्थित सीता सापकोटाले दुई महामन्त्रीको प्रशंसा गर्दै युवा पुस्ताको भरभराउँदा दुई महामन्त्रीलाई नेतृत्वले भित्तामा पुर्‍याएको आरोप लगाइन् । उनले नेतृत्वले दुई महामन्त्रीलाई भित्तामा पुर्‍याए पनि पार्टीका सच्चा कार्यकर्ताले माया गर्ने उल्लेख गरेकी थिइन् ।

कांग्रेस नेता सुनिल शर्माले सोमबार बिहान बन्दसत्रमा उद्घाटनका लागि शेरबहादुर देउवा उपस्थित हुनुपर्ने धारणा मञ्चबाटै राखे । शर्माले भने– रोइलो छोडेर बन्द सत्रमा आउनुहोस् मेरो पिताजीको उमेर समान हुनुहुन्छ । बिरामी अवस्थामा रहेका नेता नरहरि आचार्यले सन्देशमार्फत देउवाले आफ्नो जिम्मेवारी सुम्पिनु पर्ने धारणा राखे । विधानसमेत स्मरण गराएर उनले महामन्त्रीद्वयको भूमिकालाई प्रशंसा गरेका थिए ।

कार्यक्रममा संस्थापन पक्षकै शेरबहादुर देउवा निकट रहेका नेता विनोद चौधरीदेखि उदयशमशेर राणा, डिला संग्रौला,पुष्पा भुसाल ,राजन केसी,अर्जुन जोशी, देवेन्द्र राज कँडेल,नानु बास्तोला,योगेन्द्र चौधरी,भरत शाह लगायतका नेता उपस्थित थिए ।

वचनमा पक्का महामन्त्री

जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका शुभचिन्तक तथा कार्यकर्ता तितरबितर भएको अवस्थामा दुई महामन्त्रीले भिडियो सन्देशमार्फत निर्वाचन अगाडि कांग्रेसको नेतृत्व फेर्ने अडान राखेका थिए । उनीहरूले नयाँपुस्ताको भावना समेट्ने किसिमको नेतृत्व ल्याउने बताउँदै कांग्रेसको नीतिसमेत परिवर्तन गरेर समय अनुकूल पार्टीलाई परिमार्जन गर्ने अठोट व्यक्त गरेका थिए ।

दुई महामन्त्री एकसाथ यसरी उपस्थित भएपछि देशभरका नेता तथा कार्यकर्तामा ऊर्जा भरिएको थियो । किनकि यस अगाडि महामन्त्रीको सहकार्य हुने भनिए पनि अन्तिममा एक महामन्त्रीले खुट्टो उचाल्ने गरेका थिए । यसपटक पनि महामन्त्री शर्माले गगनको साथ छोड्न सक्ने संकेत धेरै जना नेताहरूलाई थियो तर शर्माले गगनलाई अन्तिम समयसम्म पनि साथ दिइरहेका छन् । एकै विचार र एकै स्वर लिएर हिँडेका महामन्त्री शर्मा र थापा सफल भएको राजनीतिक विश्लेषक सञ्जीव हुमागाईँ बताउँछन् ।

विशेष महाधिवेशनको वकालत गरेर केन्द्रीय कार्य सम्पादन समितिमा समेत हस्तक्षेप गरिरहेका उनीहरूको दृढ र तीव्र जोस जाँगरले गर्दा विशेष महाधिवेशन सम्भव भएको राजनीतिक विश्लेषक हुमागाईँको विश्लेषण छ । हुमागाईँका अनुसार दुई महामन्त्रीको अडानले गर्दा कांग्रेसलाई परिमार्जन र सञ्चार गर्न सहयोग पुगेको हो ।

पार्टी फुटबारे वक्ताहरु मौन

विशेष महाधिवेशनको उद्घाटन सत्रमा बोल्ने कुनै पनि नेताले पार्टी विभाजन हुने र फुटाउने कुरा वकालत गरेका छैनन् ।उनीहरूले विभिन्न विकल्पमा भोलि उद्टनपछि छलफल हुने बताउँदै पार्टी फुटाएर जाने विषयमा आफूहरू नरहेको स्पष्ट पारे । उद्घाटन सत्रमा बोल्ने अधिकांश नेताहरूले विशेष महाधिवेशनले कांग्रेसमा एकताको सञ्चार गर्ने र विधि विधानअनुसार पार्टी अगाडि बढ्ने वातावरण सिर्जना गर्ने दाबी गरे ।

संस्थापन पक्षकै नेतृ डिला संग्रौलाले काङ्ग्रेस एक भएको सन्देश दिन र युवापुस्ताको भावना समेट्न आफू विशेष महाधिवेशनमा उपस्थित भएको बताइन् । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की नेपाली कांग्रेसले परिवर्तन चाहेको बताउँदै नीतिमा मात्रै परिवर्तन नभएर व्यक्तिको र सोचको पनि परिवर्तन चाहेको बताउँछन् । उनी विशेष महाधिवेशनकै कारणले आफूहरूले पार्टी विभाजन नगर्ने समेत दाबी गर्छन् ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनले पार्टीलाई ऊर्जा र जोस दिन सक्छ कि अथवा दुई पक्षबीचको लडाईं अझ बढेर जान्छ, त्यो हेर्नका लागि केही समय कुर्नुपर्छ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ६ : ०३ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट