महाधिवेशनले चाहे नीति र नेता दुबै पनि फेर्छ : गगन थापा « Khabarhub

महाधिवेशनले चाहे नीति र नेता दुबै पनि फेर्छ : गगन थापा


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनले चाहेमा नेता र नीति दुबै बदल्नेसक्ने बताएका छन् । राजधानीको भृकुटीमण्डपमा जारी पार्टीको दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले महाधिवेशनले चाहेमा नेता पनि छान्ने, नीति पनि बदल्ने, विधान पनि बदल्ने जिकिर गरे ।

उनले आफ्नो शरीरमा बीपी कोइरालाको विचार र गणेशमान सिंहको साहस रहेको बताए । महामन्त्री थापाले आफू ती नेताको सन्तान नभएपनि उनीहरुको आशिर्वाद रहेको बताए । ‘उहाँहरूको म छोरा होइन तर उहाँहरूको सम्मान र आशीर्वाद लिएर बसेको छु । हामी कसैको अपमान गर्दैनौँ, मलाई मञ्चमा धेरै बस्नु छैन तपाईहरुकै ठाउँमा आएर बस्नु छ ।’ उनले भने, ‘म कसैको पनि अपमान गर्दिनँ, सबैको सम्मान गर्छु ।’ उनले कांग्रेसको भविष्य र वर्तमानलाई समाधानको बाटोमा अगाडि लिएर जाने दृढता पनि व्यक्त गरे ।

‘महाधिवेशन प्रतिनिधि साथीहरूले जे निर्णय गर्नुहुन्छ, त्यो निर्णयलाई स्वीकारेर जान्छु । भोलि पार्टीका नेताहरू आउनुहुन्छ भन्नेमा म विश्वस्त छु ।’ उनले भने, ‘तर आउने नआउने उहाँहरूको मर्जी, निर्णय गर्ने तपाईहरुको अधिकार हो ।’

उनले कहिलेकाहीँ युद्ध जित्नका लागि लडाई हार्नका लागि पनि तयार हुनुपर्ने भन्दै ज्वालालाई जागृत राख्नका लागि आफू डढ्न पनि तयार हुनुपर्ने तर्क गरे ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ७ : ०४ बजे

वर्षायाममा पुनर्निर्मित बीपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको हाल स्थायी रूपमा पुनर्निर्माण

होर्मुज बन्द : विश्व बजारमा दबाब

एजेन्सी– इरानले कच्चा तेल आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ प्रतिशत

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को आठ

कालोपट्टी बाँधेर सडकमा जेन-जी : कार्की आयोगको पूरा प्रतिवेदन खै ? 

काठमाडौं– जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले

ट्रम्प-सी भेटअघि उच्चस्तरीय प्रतिनिधिहरूबीच व्यापार वार्ता 

एजेन्सी– अमेरिका र चीनबीच लामो समयदेखि जारी व्यापारिक तनावलाई व्यवस्थापन