राजेश हमालले भने : नेतृत्व चयन गर्दा जनता चनाखो हुनुपर्छ « Khabarhub

राजेश हमालले भने : नेतृत्व चयन गर्दा जनता चनाखो हुनुपर्छ


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

झापा – नेपाली चलचित्रका अभिनेता राजेश हमालले देशको विकासमा जनस्तरबाटै लाग्नुपर्नेमा जोड दिएका छन् ।

झापाको बिर्तामोडमा आज आयोजित ‘इष्टर्न सहारा कम्पनी लिमिटेड’को तेस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अभिनेता हमालले मुलुक निर्माणमा सबैभन्दा ठूलो भूमिका नागरिकले नै राख्ने बताए ।

“हाम्रो देश कसैले बनाइदिँदैन, बनाइदियो भने पनि उसको त्यसमा स्वार्थ हुन्छ”, उनले भने, “अहिले सबैभन्दा ठूलो शक्ति कसैसँग छ भने त्यो जनतासँग हो ।”

देशमा केही भएन सरकारले केही गरेन भनेर गुनासो गर्नुभन्दा सरकारमा जानेहरु जनताबाटै अनुमोदित भएर जाने भएकाले त्यसको भागिदार जनता पनि हुने अभिनेता हमालको भनाइ थियो । देशलाई समृद्धिको मार्गमा दोर्याउने नेतृत्व चयन गर्ने जिम्मेवारी जनताकै भएकाले त्यसतर्फ चनाखो हुन उनले आग्रह गरे ।

इष्टर्न सहाराजस्ता कम्पनीको लगानीबाट मुलुक समृद्ध हुने उल्लेख गर्दै उनले भने, “यस्ता लगानीले मुलुकमा रोजगार, शिक्षा, स्वास्थ्यलगायत समग्र क्षेत्रको विकासमा मद्दत पुग्छ ।”

इष्टर्न साहारा कम्पनीका अध्यक्ष महेन्द्र गिरीले स–साना पुँजीलाई एकीकृत गरेर दिगो समृद्धिका हरित ऊर्जामा लगानी गर्ने उद्देश्य कम्पनीले लिएको बताए । कम्पनीले जलविद्युत्, सौर्य ऊर्जा, कृषि, पर्यटन, प्रविधि, पूर्वाधारलगायतका क्षेत्रमा क्रमशः लगानी गर्दै जाने योजना रहेको उनले बताए ।

कम्पनीका प्रबन्धक कृष्ण रानाभाटले कम्पनीको अधिकृत पुँजी रु एक अर्ब ५० करोड, जारी पुँजी रु एक अर्ब ३७ करोड ५० लाख र चुक्ता पुँजी रु एक अर्ब १० करोड रहेको जानकारी दिए । कार्यक्रममा साहस ऊर्जाका कम्पनी सचिव दिनेश रोक्का, कम्पनीकी सञ्चालक कल्पना विक, कम्पनीका सेयर सदस्य एकराज गिरीलगायतले आ–आफ्नो धारणा राखेको थिए ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ८ : २२ बजे

भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ १८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक