कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व « Khabarhub

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व



काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट महाधिवेशन प्रतिनिधि, कार्यकर्ता तथा शुभचिन्तकको बाक्लो उपस्थिति थियो । महाधिवेशनमा विपक्षी संस्थापन पक्षका उल्लेख्य नेताहरु सहभागी थिए । सभापति शेरबहादुर देउवा सचिवालयले विशेष महाधिवेशनको निम्तो ठाडै अस्वीकार गरेको थियो ।

महाधिवेशनलाई लिएर दुईधार बनेको कांग्रेस फुट्छ कि भन्नेमा नेता, कार्यकर्तामा संशय उत्पन्न भएको छ । तर कांग्रेसको कान्छो पुस्ताले महामन्त्रीद्वयको प्रतिबद्धतामाथि भर गरेका छन् । विशेष महाधिवेशनको लागि भृकुटीमण्डपमा आएका कांग्रेसका कान्छोपुस्ताले खबरहबसँग कांग्रेस अब नयाँ नीतिसहित चुनावमा होमिने बताए । उनीहरुको भनाइ थियो– अबको कांग्रेस परिक्रमाले नभएर पराक्रमले चल्नेछ ।

‘संस्थापनलाई विशेष महाधिवेशन लत्याउने अधिकार छैन’

रघु कार्की, महासमिति सदस्य

कांग्रेस जुट्छ । तर लोकतन्त्रमा आन्तरिक संघर्ष नहुने भन्ने हुँदैन । यो विधि र विधानको पक्षमा छ । संस्थापनले त्यो लत्याउन मिल्दैन । यो देशभरका कार्यकर्तादेखि जनतासमेतको चाहना हो । कांग्रेसलाई विधानसम्बत अगाडि बढाउनुपर्छ । त्यसको लागि ५४ प्रतिशतले हस्ताक्षरसमेत बुझाएका छन् । तर संस्थापन पक्षले अन्यथा गर्यो । विभिन्न बहानामा टार्ने काम गर्यो ।

न नियमित महाधिवेशन गर्यो विशेष महाधिवेशनको लागि अग्रसरता देखायो । देशभरबाट महाधिवेशन प्रतिनिधिहरुले स्वतस्फूर्त रुपमा महाधिवेशन गर्नुपर्ने बाध्यता आइलागेको हो । विशेष महाधिवेशनको पक्षमा बहुमत भएकाले कारवाहीसम्भव छैन । बौद्धिक वर्ग र आम जनतासमेत पक्षमा छन् । कारवाही गर्नुहुने छैन । कारवाही गर्ने अवस्था छैन । समग्र कांग्रेस विशेष महाधिवेशनको पक्षमा छन् ।

महाधिवेशन पछाडि कांग्रेस एक ढिक्का भएर जान्छ । कांग्रेसमा नयाँ तरङ्ग आउँछ । जबरजस्त नेतृत्वका लागि कांग्रेस नीति नै परिवर्तन गरेर आउँछ ।

‘जेन–जी मनोभावनासहित कांग्रेस नयाँ समीकरणमा जान्छ’

जितु थापा, सभापति– मध्यविन्दु नगर कार्यसमिति

सभापतिले निम्तो अस्वीकार गर्नुभएको सत्य हो । तर कांग्रेस फुट्दैन यो पनि सत्य हो । महामन्त्रीद्वयले पार्टी फुट्न नदिने प्रतिबद्धता पनि जनाइसक्नुभएको छ । गगन दाइले पार्टी फुट्ने स्थिति आए पछि हट्ने बताउनुभएको छ भने विश्वप्रकाशले पनि फुट्ने स्थिति आएमा हलबाट आफू सबैभन्दा पहिले बाहिने बताउनुभएको छ । हामी उहाँहरुको बचनप्रति विश्वस्त छौं ।

आज नआए पनि भोलिसम्म सभापति शेरबहादुर देउवालगायत उहाँ निकटका नेताहरु आउनुहुन्छ । उहाँहरुले एकताको सन्देश दिनुहुन्छ भन्ने आशा छ । सिङ्गो कांग्रेस एक छ भनेर उहाँहरु आउनुहुन्छ । केही दिन अगाडि वडातहसम्म कारवाही फुकुवा गरिएको हो । घर फर्क अभियान गरिएको धेरै भएको छैन ।

५० जिल्ला सभापति, प्रदेश कार्यसमिति र क्षेत्रीय सभापति, नगरसभापति, महाधिवेशन प्रतिनिधिहरु हुनुहन्छ । गगन थापालाई कारवाही गर्नु भनेको उहाँहरु सबैलाई कारवाही गर्नु हो । तर कांग्रेस लोकतान्त्रिक पद्धतिमा हिँड्ने पार्टी हो । कारवाही गर्ने भन्ने कुरा अफवाह मात्रै हो । त्यो सम्भव छैन ।

जेन–जी आन्दोलनले जुन परिवर्तनको लागि अभियान चलाएको थियो । कांग्रेस अब उक्त युवाहरुको जनभावना बोकेर चुनावमा जान्छ । महामन्त्रीद्वयले उक्त अभियान आत्मसात गरेर अगाडि बढ्नुभएको छ । त्यसमा सबै कांग्रेस एक ढिक्का भएर जानुपर्छ।

‘लथालिङ्ग कांग्रेस चुनावमा जानु हुँदैन’

भूपी ऐर, स्ववियु सभापति पद्मकन्या

सभापति सचिवालयले निमन्त्रणा अस्वीकार गरेर विशेष महाधिवेशनमा नरहेको स्पष्ट भयो । उहाँहरुले अस्वीकार गर्नु भनेको सत्ताको मोह हो । भरसक नियमित महाधिवेशन होस् भन्नेमा हामी हो । महामन्त्रीद्वयले चार महिना अगाडिबाट महाधिवेशनको लागि झक्झक्याइ रहनुभएको हो । केन्द्रीय कमिटीको विवादै विवाद भयो । सारेको सारै गरेर एकादेशको कथा बनाउनु भएर नै विशेष महाधिवेशन गर्नुपर्ने बाध्यता आइलाग्यो ।

फागुन २१ चुनावमा जाँदै गर्दा कांग्रेस आफै लथालिङ्ग अवस्थामा कसरी जान्छ ? अरु पार्टी, नयाँ शक्तिहरु विकसित भएर आउनुभएको छ । कांग्रसेमा को कहाँ ? को कता उभिने ? कसरी जाने ? भन्नेमा अन्यौलमा छ । पार्टीलाई निकास दिनको लागि भोलि एक असल नेतृत्व चयनको लागि विशेष अधिवेशन अपरिहार्य थियो र छ ।
विधिविधान अनुसार भएको विशेष महाधिवेशनलाई कसले कसरी कारवाही गर्छ ? के आधारले कारवाही गर्छ ? यो भीडले असल नेतृत्व चयन गर्छ भन्ने आशामा छांै । कांग्रेसलाई मात्रै होइन देशले निकास पाउने बाटोमा लैजान्छ । आउँदो चुनावमा कांग्रेसले जेन–जीका भावना समेटेर जानेछ ।

‘समानुपातिकबाट मन्त्री बन्ने अभ्यास सच्याउनुपर्छ’

सञ्जय चौधरी, नेता नेविसंघ

कांग्रेस फुट्न नदिन हामी सचेत छौं । नेपालको सबैभन्दा पुरानो र लोकतन्त्र पार्टी हो । पार्टी सुधार गर्दै शीर्ष नेतृत्वलाई झक्झक्याउनको लागि विशेष महाधिवेशन आवश्यकता पर्याे । गतल बाटोबाट जान रोक्ने प्रयास हो । देश र जनताप्रति जवाफदेही भएर जान सक्ने वातावरण बनाउनुपर्याे ।

जनताको काम गर्ने नेतालाई टिकट नदिने हुँदै आएको छ । चाप्लुसीको भरमा टिकट दिने अभ्यास गलत छ । जनताको माझ कहिले नजाने सभापतिको फेरो समाएर नेता हुने प्रवृत्ति विरुद्ध हो । गगन–विश्व नेपाली कांग्रेस बिग्रियोस् भनेर लाग्नुभएको होइन । महाधिवेशन प्रतिनिधिले नै बोलाएको अधिवेशन हो ।

विधानमै ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा तीन महिनाभित्र महाधिवेशन गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । त्यसमा पनि ५४ प्रतिशतले हस्ताक्षर गरेका छन् । चुनाव हार्छु भनेर समानुपातिकमा बस्ने, त्यसपछि राष्ट्रियसभामा जाने यस्तो अभ्यास बन्द हुनुपर्छ । समानुपातिकबाट गएर मन्त्री बन्ने प्रवृत्ति गलत छ । चुनाव हारेको व्यक्तिलाई समेत पार्टीको प्रवक्ता बनाइदिएको छ । यी यावत विषय रुपान्तरण हुँदै कांग्रेस अगाडि बढ्छ ।

‘चुनावमा भोट माग्न पनि महाधिवेशन गर्नुपर्छ’

हिरामणि खनाल, नेता लोकतान्त्रिक अपाङ्गता संघ

कांग्रेस फुटेको होइन, अब जुटेको हो । विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्वसहित पुनर्ताजकीपन दिन खोजिएको हो । नयाँमा युवाहरुको जोश जाँगर जोडिएको छ । युवाहरुको आशा भरोसा जोडिएको छ । एमाले महाधिवेशन गरेर आयो । हामी सबै नियमित महाधिवेशनकै पक्षमा थियौं । महाधिवेशन गर्न नसकेर विशेष महाधिवेशनमा आएका हौँ ।

महाविधेशन नगरी चुनावमा गएर भोट माग्ने कसरी ? आधार चाहिएन ? सच्चा कांग्रेका कार्यकर्ता हौं भनेर हिँड्न सकिने अवस्था छैन । त्यसकारण अब महाधिवेशनबाट नयाँ कांग्रेस आउँछ । ५४ प्रतिशत साथ भएकोले गगन थापालाई कारवाही गर्न सकिदैन । नयाँ सोचका साथ कांग्रेस चुनावमा जान्छ ।

‘गगन–विश्वको अनुहार लिएर चुनावमा जानुपर्छ’

विगजङ क्षेत्री, सदस्य नेविसंघ

प्रक्रिया नियमित महाधिवेशनकै हो । नियमित नभएपछि विधान अनुसार दुवै महामन्त्रीले विशेषको लागि आह्वान गर्नुभएको हो । महाधिवेशन पक्षधरको संख्या धेरै भएपछि अब सानो कुुरामा अल्झिएर नियमितमै जाउँ भन्नुको तात्पर्य छैन ।

महाधिवेशन प्रतिनिधिको बहुमतले विशेषको लागि पहल गरेपछि महामन्त्रीहरु अधिवेशन गर्नैपर्ने बाध्यात्मक परिस्थितिमा पुग्नुभएको हो । विशषेमा अन्य पदाधिकारी हुँदैनन् । यो ६ महिना होला त्यसपछि ६ महिना थप्ला ।

एक वर्षपछि फेरि नियमित गर्नुपर्ने हुन्छ । त्यसको लागि युवाहरुको जोड के हो भने अब निर्वाचनमा जाँदा शीर्ष वा वृद्ध नेताहरु नभएर युवा जानुपर्छ भन्ने हो । अब शेरबहादुर भन्दा गगन–विश्वको अनुहार लिएर निर्वाचनमा जाँदा कांग्रेसलाई फाइदाँ पुग्छ ।
महाधिवेशनमार्फत महामन्त्रीद्धय मध्ये सभापति भए । कसले कसलाई कारवाही गर्छ ? आधिकारिक को हुन्छ अब ? त्यसमाथि सभापति पुर्णबहादुर खड्कालाई कार्यवाहक दिएर सेफसाइडमा बस्नुभएको छ । महाधिवेशनपश्चात् लगत्तै चुनाव छ । त्यसको तयारीमा एक ढिक्का भएर कांग्रेस बलियो बनेर जानुपर्छ ।

‘गगन ब्राण्ड हो’

कविता गौतम, नेविसंघ सहसचिव

कांग्रेस यस्ता विषयमा टुट्ने फुट्ने पार्टी होइन । ठुलो पार्टी हो । प्रजातन्त्र, लोकतन्त्रको लागि लड्दै संघर्ष गर्दे आएको पार्टी हो । यस पार्टीमा फरक विचारलाई पनि स्थान दिइन्छ । गगन थापा कांग्रेसले मात्रै रुचाएको नेता होइन । उहाँ सारा नेपालीको आशा भरोशाको केन्द्र हो । यो देशको निकासको लागि जनताहरुले गगनलाई अपिल गरिरहेका छन् ।

बुढालाई व्यवस्थापन र युवालाई पुस्तान्तरण गर्न सक्ने खुबी उहाँसँग छ । जेन–जीसँग सहकार्य गरेर काम गर्न सक्नुहुन्छ । गगन थापा नेपाली कांग्रेसको ब्राण्ड हो । धरोहर हो । गगन जस्तो भिजनकारी व्यक्तिले नेतृत्व लिनुपर्छ । उहाँलाई रोक्दा पार्टीलाई मात्रै होइन, देशमा अस्थिरता आउन सक्छ । हालको अवस्थामा देशको नेतृत्वमा गगन आउनुपर्छ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १० : ०६ बजे

कञ्चनपुरमा पाँच हजारभन्दा बढी किशोरीलाई ‘एचपीभी’ खोप लगाइने

कञ्चनपुर– पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) रोकथामका लागि कञ्चनपुरमा आगामी

विद्युत् चुहावट हुँदा बुढानिलकण्ठमा आगलागी

काठमाडौं– काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेलमा लागेको आगलागीबाट भएको क्षतिको विवरण

प्रदेशलाई आत्मनिर्भर बनाउन सरकार दृढ छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र

झापामा ‘टुरिस्ट’बाट ‘ज्वाइँ’ उम्मेदवार बालेन, रवि बिरामी हुँदा एक्लै देश दौडाहा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह फागुन २१

सुनसान बस्तीमा चहलपहल, म्याग्दीमा बढ्यो चुनावी सरगर्मी

गलेश्वर– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति ३० दिन मात्र बाँकी रहँदा