एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै « Khabarhub

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत बार्सिलोना र रियल मड्रिड आज आमनेसामने हुँदैछन् । स्पेनिस सुपर कप २०२६ को फाइनलका रूपमा हुने यो खेल साउदी अरबको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ।

यो खेललाई लिएर दुवै टोलीमा उच्च तनाव र उत्साह देखिएको छ। पछिल्लो समय मिश्रित प्रदर्शन गरिरहेको रियल मड्रिड अहिले दबाबमा देखिएको छ ।

बार्सिलोनाले गत सिजन सुपर कप फाइनलमा रियल मड्रिडलाई पराजित गर्दै उपाधि जितेको थियो। त्यसको निरन्तरता दिने लक्ष्यसहित बार्सिलोना मैदान उत्रने छ।

प्रशिक्षक हान्सी फ्लिकले आफ्नो टोली आत्मविश्वासमा रहेको बताएका छन् । रियल मड्रिडका गोलरक्षक थिबाउट कोर्टुवाले पनि एल क्लासिको केवल खेल मात्र नभई प्रतिष्ठा र उपाधिको लडाइँ भएको बताएका छन्।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १० : २१ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट