काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा लिन सकिने जनाएको छ । आइतबार आयोगले विज्ञप्ति जारी गर्दै बन्दसूचीमा रहेको नाम फिर्ता लिन चाहने व्यक्तिले प्रक्रिया पुर्याएर निवेदन दिन आग्रह गरेको हो ।
सोमबार प्रक्रिया पुर्याएर निवेदन दिन आग्रह गरेको छ । बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई सोमबार बिहान १० देखि दिउँसो ४ बजेसम्मको समय दिइएको छ ।
नाम फिर्ता गर्न चाहने उम्मेदवारले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिम निवेदन दिन आयोगको आग्रह छ ।
‘फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलहरूबाट मिति २०८२/०९/१३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा निर्वाचन आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम निम्न मिति, समय र स्थानमा सम्बन्धित उम्मेदवारले आफ्नो उमेदवारी फिर्ता लिन सक्ने व्यहोरा सम्बन्धित सबै उमेदवारहरूलाई जानकारी गराइन्छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।













प्रतिक्रिया