बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह « Khabarhub

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा लिन सकिने जनाएको छ । आइतबार आयोगले विज्ञप्ति जारी गर्दै बन्दसूचीमा रहेको नाम फिर्ता लिन चाहने व्यक्तिले प्रक्रिया पुर्‍याएर निवेदन दिन आग्रह गरेको हो ।

सोमबार प्रक्रिया पुर्‍याएर निवेदन दिन आग्रह गरेको छ । बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई सोमबार बिहान १० देखि दिउँसो ४ बजेसम्मको समय दिइएको छ ।

नाम फिर्ता गर्न चाहने उम्मेदवारले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिम निवेदन दिन आयोगको आग्रह छ ।

‘फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलहरूबाट मिति २०८२/०९/१३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा निर्वाचन आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम निम्न मिति, समय र स्थानमा सम्बन्धित उम्मेदवारले आफ्नो उमेदवारी फिर्ता लिन सक्ने व्यहोरा सम्बन्धित सबै उमेदवारहरूलाई जानकारी गराइन्छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १० : २४ बजे

दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित

एजेन्सी– दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि

वर्षायाममा पुनर्निर्मित बीपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको हाल स्थायी रूपमा पुनर्निर्माण

होर्मुज बन्द : विश्व बजारमा दबाब

एजेन्सी– इरानले कच्चा तेल आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ प्रतिशत

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को आठ

कालोपट्टी बाँधेर सडकमा जेन-जी : कार्की आयोगको पूरा प्रतिवेदन खै ? 

काठमाडौं– जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले