काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष नै भएको बताएका छन् । आज आइतबार भृकुटीमण्डपमा भएको विशेष महाधिवेशन उद्घाटन सत्रका कही तस्बिरहरू राखेर उनले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै नै विशेष रह्यो ।’
त्यस्तै उनले महाधिवेशनमा सहभागी हुने सबैप्रति आभार पनि व्यक्त गरेका छन् ।
‘नेपाली कांग्रेसलाई सही दिशामा उभ्याउने उद्देश्यले आयोजित यस महाधिवेशनमा सहभागी हुनुहुने तथा योगदान पुर्याउनुहुने सबैप्रति हार्दिक आभार’ उनले भनेका छन् ।
कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेको ९० दिनको दिन विशेष महाधिवेशनको उद्घाटन भएको हो ।
विशेष महाधिवेशन पार्टी विधानको धारा १७ उपधारा २ बमोजिम डाकिएको भए पनि सभापति शेरबहादुर देउवासहित उनीनिकटका नेताहरुका कारण घोषणा हुन सकेन टार्ने काम मात्रै गरियो । केन्द्रीय कार्यसम्पादनले आजैदेखि हुने भनिएको नियमित महाधिवेशन सारेर वैशाखमा पुर्याएको छ ।
विशेषको माग अलपत्र पर्ने भइसकेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले आजको लागि आह्वान गरेका हुन् । महाधिवेशन भोलिसम्म चल्नेछ । महाधिवेशनअन्तर्गत भोलि बन्दसत्र सुरु हुँदैछ ।













प्रतिक्रिया