आज २०८२ साल माघ २८ गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल माघ २८ गते बुधबारको राशिफल


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल माघ २८ गते बुधबार फागुन कृष्ण पक्षको नवमी तिथि । विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस । तदनुसार सन् २०२६ फेब्रुअरी ११ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : भएको सम्पत्ति सदुपयोग गर्नुहोला । साथीभाइसँग सहकार्य गरेर अगाडि बढ्दा फाइदा हुनेछ । शिक्षामा ढिलासुस्ती हुनेछ । मिहिनेतलाई निरन्तरता दिनु राम्रो हुन्छ । परिवारसँगको सम्बन्ध सुमुधर बन्नेछ ।

वृष : धनलक्ष्मी योग परेको छ । लगानीका क्षेत्रमा हिम्मत गरेमा फाइदा हुनेछ । काम गर्दा सचेत भएर गर्नुपर्ने दिन छ । मानसम्मान प्राप्त होला । पारिवारिक जमघट हुने सम्भावना छ ।

मिथुन : तपाईंको कला र गलाको प्रशंसा हुनेछ । परिवारको साथ मिल्नेछ । रोगबाट बच्न खानपानमा ख्याल गर्नुपर्नेछ । कुनै शुभकर्ममा सहभागी हुने मौका मिल्नेछ । साथीभाइसँगको भेटले मनमा खुसी प्राप्त हुनेछ।

कर्कट : सञ्चित धन खर्च हुनेछ । अनावश्यक क्षेत्रको खर्चबाट जोगिनु पर्ने दिन छ । उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने योग परेको छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ ।

सिंह : आम्दानीका दृष्टिले दिन राम्रो छ । शिक्षाको क्षेत्रमा मिहिनेत गरेमा सफलता मिल्नेछ । साथीसँग सहकार्य गरेमा फाइदा हुनेछ । बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ ।

कन्या : बौद्धिक क्षेत्रका साथीसँग सहकार्य गरेमा फाइदा हुनेछ । स्वास्थ्यमा सुधार हुँदा मनमा खुशी मिल्नेछ । परिवारसँग घुमघामको तय हुनेछ । राज्यको तर्फबाट भने त्रासको योग रहेको छ ।

तुला : दिन राम्रो छ । आज धन लाभ हुनेछ । विद्याका क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । खुट्टा तान्ने साथी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ । आक्रोश सार्वजनिक गर्नुभन्दा समस्याको समाधान गर्नु उचित हुनेछ ।

वृश्चिक : आज तपाईको बोलीको प्रभावले काम बन्ने दिन छ । क्षमताको प्रदर्शन गर्न पछि नहट्नु उचित हुनेछ । साथीभाइबाट साथ मिल्नेछ । रोग बढ्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

धनु : दिन राम्रो छ । आज सोचेको काम बन्नाले मन प्रशन्न हुनेछ । परिवारको साथ मिल्नेछ । स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । विदेशमा भन्दा स्वदेशमा देखिएका अवसरमा रमाउने योग छ ।

मकर : खर्च बढ्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा निजी तरिकाले गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यमा समस्या हुनेछ । संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

कुम्भ : शिक्षाका क्षेत्रमा सफलता मिल्नेछ । थोरै बोलेर जित्नुपर्ने समय छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मीन : तपाईंको कला र गलाको प्रशंसा हुनेछ । मनको कुरा लुकाएर राख्नु भन्दा परिवारसँग साट्नु उचित हुनेछ । साथीभाइले भने असहयोग गर्नेछन् ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ५ : २१ बजे

विश्वकपमा दोस्रो जित निकाल्दै पाकिस्तान समूहको शीर्ष स्थानमा : अमेरिका ३२ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको

गैरआवासीय नेपालीको मानमर्दन नगर्न झाँक्रीलाई एनआरएनएको चेतावनी

काठमाडौं – राष्ट्रिय सभाकी सदस्य एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले विदेशमा

निर्वाचन २२ दिन बाँकी : ६ हजार ७४३ वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ २८ गते बुधबार फागुन