गैरआवासीय नेपालीको मानमर्दन नगर्न झाँक्रीलाई एनआरएनएको चेतावनी « Khabarhub

गैरआवासीय नेपालीको मानमर्दन नगर्न झाँक्रीलाई एनआरएनएको चेतावनी


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय सभाकी सदस्य एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले विदेशमा रहेका नेपालीका बारेमा दिएको अभिव्यक्तिप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् अमेरिकाले गम्भीर आपत्ति जनाएको छ ।

एनआरएनए अमेरिकाले विज्ञप्ति जारी गर्दै झाँक्रीको अभिव्यक्तिले विश्वभर छरिएर रहेका समस्त नेपालीको मानमर्दन गरेको ठहर गर्दै आपत्ति जनाएको हो ।

नेपालको नीति निर्माण गर्ने तहमा पुगेको व्यक्तिबाट यस्तो गैरजिम्मेवार भनाइ आउनु दुर्भाग्यपूर्ण रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘नेपालको विकास र समृद्धिको सहयात्रीका रूपमा रहेका गैरआवासीय नेपालीहरूका सन्दर्भमा राष्ट्रिय सभा सदस्यबाटै यस्तो आपत्तिजनक धारणा आउनुले हामीलाई दुःखी बनाएको छ’, प्रवक्ता सन्देश उप्रेतीले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा गैरआवासीय नेपालीहरूले नेपालको अर्थतन्त्र सुदृढीकरण, लगानी प्रवर्द्धन, रोजगारी सिर्जना र आपतकालीन सहयोगमा पुर्‍याउँदै आएको ऐतिहासिक योगदानलाई नजरअन्दाज नगर्न समेत सचेत गराइएको छ। साथै, एनआरएनए अमेरिकाले झाँक्री आबद्ध राजनीतिक दलको समेत यस विषयमा ध्यानाकर्षण गराएको छ।

नागरिकता सम्बन्धी ऐन र नियमावलीको अभावमा व्यावहारिक समस्याहरू झेलिरहेका गैरआवासीय नेपालीहरूका लागि नीति निर्माताबाटै आएको यस्तो अभिव्यक्तिले थप संशय पैदा गरेको संघको बुझाइ छ।

सार्वजनिक पदमा रहेका व्यक्तिहरूलाई जिम्मेवार र तथ्यमा आधारित धारणा राख्न आग्रह गर्दै संघले नेपाली समुदायको सम्मान र पहिचानका विरुद्ध हुने यस्ता गतिविधिको निरन्तर विरोध गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ६ : २५ बजे

गायक-गायिकालाई महोत्सवकाे चटारो : को कति व्यस्त ?

काठमाडौं – कुनैबेला एल्बम बेचेर मनग्य कमाउने गायक-गायिकालाई अहिले मेला-महोत्सवले

विश्वकप : अभ्यासमा व्यस्त नेपाल, बिहीबार इटालीसँग भिड्दै

काठमाडौं – आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले

उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपमा दोस्रो जित निकाल्दै पाकिस्तान समूहको शीर्ष स्थानमा : अमेरिका ३२ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको

गैरआवासीय नेपालीको मानमर्दन नगर्न झाँक्रीलाई एनआरएनएको चेतावनी

काठमाडौं – राष्ट्रिय सभाकी सदस्य एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले विदेशमा