आहा रारा गोल्डकप : आज जावलाखेल र मछिन्द्र क्बल खेल्दै « Khabarhub

आहा रारा गोल्डकप : आज जावलाखेल र मछिन्द्र क्बल खेल्दै


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  २५औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलमा आज जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्बबीच प्रतिस्पर्धा हुँदैछ ।

पोखरा रङ्गशालामा अपराह्न हुने खेलमा दुवै टोली जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छन् ।

हिजो (मंगलबार) सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लबले पाहुना टोली गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङलाई १–० गालले हराएको थियो । 

प्रतियोगितामा तीन विदेशीसहित १२ टिम सहभागी छन् । जसमा आयोजक सहारा र गोरखा इन्टरनेशलसहित नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मर्स्याङ्दी क्लब, जावलाखेल युथ क्लब, प्लानिङ ब्वाइज युनाइटेड र फ्रेण्ड्स क्लब छन् ।

यसैगरी, विदेशी टोलीका रूपमा उज्वेकिस्तानको आभा फुटबल क्लब, भारतको थण्डरबोल्ट नर्थ युनाइटेड सहभागी छन् ।

आगामी फागुन ९ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले १४ लाख १ हजार र उपविजेताले ७ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छन् । 

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ९ : ४७ बजे

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम