लोकतान्त्रिक सुधारमा बंगलादेशको मतदान « Khabarhub

लोकतान्त्रिक सुधारमा बंगलादेशको मतदान


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बंगलादेशले सन् २०२४ को जनविद्रोहपछि पहिलो संसदीय निर्वाचनसँगै व्यापक लोकतान्त्रिक सुधारसम्बन्धी ऐतिहासिक जनमतसङ्ग्रहमा बिहीबार मतदान हुन गइरहेको छ । उक्त विद्रोहले शेख हसिनाको १५ वर्ष लामो शासन अन्त्य गरेको थियो ।

मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले प्रस्तुत गरेको सुधार प्रस्तावलाई ‘जुलाई चार्टर’ नाम दिइएको छ । ८५ वर्ष पुगेका नोबेल शान्ति पुरस्कार विजेता युनुसले यो चार्टर भविष्यमा निरङ्कुश एक-पार्टी शासनमा फर्किने सम्भावना रोक्न तयार गरिएको बताएका छन्  ।

चार्टरमा प्रधानमन्त्रीका लागि कार्यकाल सीमा तोक्ने, संसद्लाई द्विसदनीय बनाउने, राष्ट्रिय मतका आधारमा १०० सिटको माथिल्लो सदन गठन गर्ने, राष्ट्रपतिको अधिकार बलियो बनाउने तथा न्यायपालिकाको स्वतन्त्रता सुदृढ गर्ने प्रस्ताव समेटिएका छन् । साथै संसद्मा महिलाको प्रतिनिधित्व बढाउने र विपक्षी दलबाट उपसभामुख तथा संसदीय समितिका अध्यक्ष चयन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

मतदातालाई यी संवैधानिक, निर्वाचन तथा संस्थागत सुधारहरू अनुमोदन गर्ने वा नगर्ने विषयमा मत दिन आग्रह गरिएको छ । इन्टरनेसनल फाउन्डेसन फर इलेक्टोरल सिस्टम (आइएफइएस)ले यसलाई बङ्गलादेशको लोकतान्त्रिक तथा संवैधानिक व्यवस्थाका लागि महत्त्वपूर्ण मोडका रूपमा व्याख्या गरेको छ ।

मतदानपछि पदत्याग गर्ने घोषणा गरिसकेका युनुसले चार्टरलाई आफ्नो कार्यवाहक प्रशासनको मुख्य उपलब्धि बनाउन चाहेका छन् । उनले ‘हो’ मतले नयाँ बङ्गलादेश निर्माणको ढोका खोल्ने बताए ।

पूर्व सत्तारूढ अवामी लिगलाई निर्वाचन प्रक्रियामा सहभागी हुन प्रतिबन्ध लगाइएको छ । बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी), जमात–ए–इस्लामी नेतृत्वको गठबन्धन तथा विद्यार्थी आन्दोलनबाट बनेको राष्ट्रिय नागरिक पार्टी (एनसिपी) ले ‘हो’ मतको समर्थन गरेका छन् । यद्यपि केही दलले चार्टरका केही प्रावधानप्रति असहमति जनाएका छन् ।

प्रमुख दलहरूको समर्थनका कारण जनमतसङ्ग्रह पारित हुने आकलन गरिएको छ । तर सर्वसाधारणमा प्रस्तावबारे पर्याप्त जानकारी नपुगेको देखिएको छ । ढाकास्थित आइआइडी नीति अनुसन्धान केन्द्रले गरेको सर्वेक्षणअनुसार ३७ प्रतिशत मतदातालाई मात्र चार्टरको विषयवस्तुबारे जानकारी छ र औपचारिक शिक्षा नभएकामा यो अनुपात आठ प्रतिशतमा सीमित छ ।

आइआइडीले सुधार प्रक्रिया बन्द ढोकाभित्र सीमित भएको भन्दै सूचित र समावेशी जनमतसङ्ग्रहका लागि पर्याप्त सार्वजनिक संलग्नता नदेखिएको टिप्पणी गरेको छ । साधारण बहुमतले पारित भएमा जनमतसङ्ग्रहको निर्णय निर्वाचन जित्ने दलहरूका लागि बाध्यकारी हुनेछ । 

यद्यपि कार्यान्वयनका लागि नयाँ संसद्को अनुमोदन अझै आवश्यक रहनेछ ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  १२ : ०७ बजे

समस्याग्रस्त वन्यजन्तु नियन्त्रणमा लिन प्राविधिक टोली परिचालन

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)ले समस्याग्रस्त वन्यजन्तुको पहिचान गरेर

जलवायु परिवर्तनसँगै पूर्वाधार विकास, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा

गण्डकी– फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल तथा

 रामेछाप बस दुर्घटना : सत्यतथ्य छानबिन गर्नुपर्ने माग राख्दै स्थानीयले गरे सडक अवरुद्ध

काठमाडौं– रामेछापको मन्थली नगरपालिका–६ मसानेटारमा मंगलबार भएको बस दुर्घटनाको सत्य

क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु

टोरन्टो– पश्चिमी क्यानाडाको दुर्गम क्षेत्रमा मङ्गलबार भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ

लखन थापा मगरको स्मृतिमा फागुन २ गते खुल्ला दौड प्रतियोगिता हुने

काठमाडौं– नेपालका प्रथम शहीद लखन थापा मगरको ऐतिहासिक योगदान र