इनड्राइभद्वारा नेपालमा ड्राइभर पार्टनर्सका लागि ०.०१% सेवा शुल्क लागू « Khabarhub

इनड्राइभद्वारा नेपालमा ड्राइभर पार्टनर्सका लागि ०.०१% सेवा शुल्क लागू


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इनड्राइभले नेपालका ड्राइभर पार्टनर्सका लागि अत्यन्त न्यून ०.०१% सेवा शुल्क लागू गरेको घोषणा गरेको छ । 

फेब्रुअरी २०२६ देखि लागू भएको यस पहलले ड्राइभर पार्टनर्सलाई आफ्नो आम्दानीको लगभग सम्पूर्ण हिस्सा सुरक्षित राख्न सहयोग पुर्‍याउनेछ, जसले उनीहरूको आर्थिक सशक्तीकरणलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

इनड्राइभको विशिष्ट पियर–टु–पियर मोडेलअनुसार यात्रु र चालकबीच भाडा पारस्परिक सहमतिमा निर्धारण हुने व्यवस्था रहेको छ । 

लगभग शून्य सेवा शुल्कको यो नयाँ नीतिले सो प्रणालीलाई अझ प्रभावकारी, पारदर्शी र चालक–मैत्री बनाउँदै ड्राइभर पार्टनर्सलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

यस पहलको मुख्य उद्देश्य प्लेटफर्मको दिगो सञ्चालन सुनिश्चित गर्दै चालकहरूको वास्तविक आम्दानी बढाउनु, उनीहरूको स्वायत्तता सुदृढ गर्नु तथा सेवा प्रदान गर्ने क्रममा निर्णय लिने स्वतन्त्रतालाई अझ बलियो बनाउनु हो । 

कम्पनीका अनुसार यस्तो न्यून सेवा शुल्क संरचनाले इनड्राइभलाई निष्पक्ष मूल्य निर्धारण र ‘फेयर राइड्स’ को अवधारणालाई व्यवहारमा उतार्ने अग्रणी प्लेटफर्मका रूपमा स्थापित गर्न थप मद्दत गर्नेछ ।
यो ०.०१% सेवा शुल्क अभियान इनड्राइभले दैनिक रूपमा शहरलाई गतिशील बनाइराख्ने मेहनती ड्राइभर पार्टनर्सप्रति कृतज्ञता व्यक्त गर्ने एक प्रयास हो । 

‘इनड्राइभमा हामी आफूलाई ठूलो समुदायको एक हिस्सा ठान्छौँ, र बलियो समुदायहरू पारस्परिक सहयोगमा आधारित हुन्छन् भन्ने हाम्रो विश्वास छ,’ इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुश्री सुनिता जीमी राईले बताइन् ।

उनले थपिन्,’०.०१% सेवा शुल्क लागू गरेर हामी हाम्रा ड्राइभर पार्टनर्सले बढी कमाउन सकून भन्ने सुनिश्चित गर्न चाहन्छौँ, जसले गर्दा यात्रुहरूले सुरक्षित, निष्पक्ष र किफायती सवारीको अनुभव लिइरहनेछन् । यो पहलले सबैका लागि छनोटको स्वतन्त्रता, उचित मूल्य निर्धारण र सुरक्षाप्रतिको हाम्रो प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ ।’

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  १२ : ४१ बजे

वीर अस्पतालमा आजदेखि महिलालाई निःशुल्क क्यान्सर परीक्षण

कामठाडौं – आजदेखि वीर अस्पतालमा महिलालाई निःशुल्क रुपमा क्यान्सर परीक्षण

जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको

टिप्पणी : रास्वपाको वाचापत्रमा भनेजस्तै बालेन सरकारबाट निम्न वर्ग उपेक्षित हुने संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यम वर्गलाई विस्तार गर्ने लिएको

जापानले बनाएको नागढुङ्गा सुरुङमार्ग सञ्चालनको जिम्मा चीनलाई

काठमाडौं- सरकारले २०७६ साल कात्तिक ४ गते नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग

प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहमा सामान्य प्रशासनले पठायो ६३ जना उपसचिव

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा