‘ग्रे लिष्ट’ मा नेपाल, चुनौतीसँगै अवसर पनि « Khabarhub

‘ग्रे लिष्ट’ मा नेपाल, चुनौतीसँगै अवसर पनि


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर– नेपाल राष्ट्र बैंकका गभर्नर प्रा डा विश्वनाथ पौडेलले नेपाल अन्तरराष्ट्रिय वित्तीय निकाय फाइनान्सियल एक्सन टाक्सफोर्सको ‘ग्रे लिष्ट’ पर्नु चुनौती पूर्ण भए पनि मुलुकको सम्पत्ति शुद्धीकरण संयन्त्र सुधार्ने ठूलो अवसरका रूपमा लिनुपर्ने बताएका छन् । 

राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण रोकथाम तथा सुपरिवेक्षण विभागद्वारा आयोजित सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादलाई वित्तीय सहयोगसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा उनले यो हाम्रा लागि अवसरका रूपमा पनि रहेको बताए  । ‘यसले हामीलाई आन्तरिक संयन्त्र सुदृढ, पारदर्शी र विश्वव्यापी मापदण्डअनुसार बनाउनुपर्ने पाठ सिकाएको छ’, उनले भने ।

अत्याधुनिक प्रविधि प्रयोग गरी वित्तीय अपराध  गर्ने प्रवृत्ति बढ्दै गएको बताउँदै त्यसलाई नियन्त्रण गर्न सुपरिवेक्षण संयन्त्रलाई थप स्रोतसाधन सम्पन्न बनाउनुपर्ने पनि उनले बताए । ‘त्यसका लागि भोली समस्या परेपछि गरौँला भनेर वा घटनापछि प्रतिक्रियात्मक भएर हुँदैन, पूर्वतयारी गर्नुपर्छ’, उनले भने । 

कानुनी छिद्र प्रयोग गरी वित्तीय अपचलन र अपराध गर्ने चलन बढेकाले सबै यसप्रति सचेत हुनुपर्नेमा गभर्नर प्रा डा पौडेलले जोड दिए  । मुलुकलाई स्वास्थ्य र शिक्षामा खर्च गर्नुपर्ने रकम यस्ताको रोकथाममा लगाउन बाध्य बनाउनुको साथै सामाजिक र वर्गीय विभेदलाई गहिराउने धारणा पनि उनको थियो । 

बिहीबारसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल, भारत, श्रीलङ्का बङ्गलादेश र मङ्गोलियाका केन्द्रीय बैंकका अधिकारीहरू सहभागी छन् ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  २ : १२ बजे

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय