निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र « Khabarhub

निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ५१ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकोमा ३० वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । 

आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेद्वार, सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई पनि स्पष्टीकरण सोधेको हो । दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरणलगायत कारबाहीका लागि लेखी पठाइएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिए  । 

जिल्लास्तरमा निर्वाचन आचारसंहिता उल्लङ्घनविरुद्धका उजुरी प्राप्त भई आवश्यक कारबाही भइरहेको छ । निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाहीको प्रक्रिया अघि बढाइरहेको छ । 

आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालय क्रियाशील रहेको उनले बताए । 

जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयन सुनिश्चितताका लागि निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रक/कोप नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ । 

छोटो समयमै सबै जिल्लामा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने र आचारसंहिता पालना गर्ने प्रतिबद्धता गराउने कार्य प्रभावकारी रूपमा भइरहेको आयोगले जनाएको छ । 

जिल्लास्तरमा आएका उजुरीका सम्बन्धमा जिल्लाबाटै स्पष्टीकरण सोधी जवाफ माग गरेर दोषी देखिएकालाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको पनि जनाइएको छ ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  २ : २० बजे

पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

गण्डकी– पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ (सेप्टेम्बर २३) देखि

भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा

कोलम्बो- भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत–श्रीलङ्का रक्षा तथा समुद्री सुरक्षा

मधेसका १५४ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा वन अतिक्रमण नियन्त्रण अभियानलाई गति

भाद्र २३ र २४ गतेको घटनालाई एउटै आँखाले हेर्न मिल्दैन : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सहिद तथा