स्टक ब्रोकरमार्फत १० प्रतिशत मार्जिन कारोबार गर्न पाइने « Khabarhub

स्टक ब्रोकरमार्फत १० प्रतिशत मार्जिन कारोबार गर्न पाइने


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) मार्फत लगानीकर्ताहरूलाई उपलब्ध गराइने मार्जिन कारोबार सुविधालाई थप व्यवस्थित र पारदर्शी बनाउन ‘मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशिका, २०८०’ कार्यान्वयनमा ल्याएको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी बोर्डले सो निर्देशिका जारी गर्दै मार्जिन कारोबारसम्बन्धी व्यवस्था ल्याएको हो । मार्जिन कारोबारका लागि योग्य हुन कम्पनीको कम्तीमा २५ लाख कित्ता सर्वसाधारण सेयर सूचीकृत भएको हुनुपर्ने, कम्पनीको खुद सम्पत्ति (नेटवर्थ) चुक्ता पुँजीभन्दा कम नभएको हुनुपर्ने र पछिल्लो तीन वर्षमध्ये कम्तीमा दुई वर्ष खुद नाफा कमाएको हुनुपर्नेछ । साथै, सो सेयर सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने अनिवार्य व्यवस्था निर्देशिकाले गरेको छ ।

त्यस्तै, मार्जिन सुविधा प्रदान गर्न चाहने धितोपत्र दलाल व्यवसायीको न्यूनतम चुक्ता पूँजी २० करोड रुपैयाँ हुनुपर्नेछ । यसका साथै ब्रोकरले राफसाफ सदस्यता प्राप्त गरेको र निक्षेप सदस्यको रूपमा समेत कार्य गरेको हुनुपर्ने व्यवस्था छ । निर्देशिकाले ब्रोकरले यो सुविधा दिनुअघि धितोपत्र बजार (स्टक एक्सचेन्ज) बाट पूर्व स्वीकृति लिनु पनि अनिवार्य छ ।

मार्जिन दर र कारोबारको सीमा लगानीकर्ताले मार्जिन कारोबार सुरु गर्नुअघि सेयरको बजार मूल्यको न्यूनतम ३० प्रतिशत रकम ‘प्रारम्भिक मार्जिन’का रूपमा जम्मा गर्नुपर्नेछ । कारोबार पश्चात् कायम गर्नुपर्ने न्यूनतम मार्जिन अर्थात् ‘सम्भार मार्जिन’ २० प्रतिशत तोकिएको छ । यदि बजारमा सेयरको मूल्य घटेर सम्भार मार्जिन कायम हुन नसकेमा ब्रोकरले लगानीकर्तालाई ‘मार्जिन कल’ गर्नेछ । त्यस्तै, लगानीकर्ताले मार्जिन कल प्राप्त गरेपछि आवश्यक रकम जम्मा गर्न नसकेमा ब्रोकरले मार्जिन सुविधा अन्तर्गत खरिद गरिएको सेयर ब्रोकरले नै बिक्री गर्न सक्ने अधिकार निर्देशिकामा छ ।

तर, लगानीकर्ताले सम्भार मार्जिन कायम गर्न नगदको सट्टा धितोपत्र बजारमा सूचीकृत ‘ए’, ‘बी’ र ‘जी’ वर्गका सेयरहरू समेत धितोका रूपमा राख्न सक्नेछन्, जसको मूल्याङ्कन बजार मूल्यको ६० प्रतिशत मात्र गर्नुपर्ने व्यवस्था छ । ब्रोकरले मार्जिन कारोबारका लागि आफ्नो नेटवर्थको ५ गुणासम्म सुविधा उपलब्ध गराउन सक्नेछन् ।

ब्रोकरले यसका लागि आफ्नै स्रोत, बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण वा सञ्चालकहरूबाट लिइएको असुरक्षित ऋण प्रयोग गर्न सक्नेछन् । यद्यपि, कुनै एक ग्राहक वा निजको परिवारलाई कुल मार्जिन सीमाको १० प्रतिशतभन्दा बढी सुविधा दिन पाइने छैन । यो सुविधाको अवधि बढीमा एक वर्षको हुनेछ, जसलाई नवीकरण गर्न सकिने व्यवस्था छ । मार्जिन कारोबार गर्न चाहने लगानीकर्ताले ब्रोकरमार्फत छुट्टै ‘मार्जिन कारोबार खाता’ र ‘मार्जिन कारोबार हितग्राही खाता’ खोल्नुपर्नेछ ।

ब्रोकरले यी खाताहरू सञ्चालन गर्न लगानीकर्ताबाट मञ्जुरीनामा लिन सक्नेछन्, जसको प्रयोग मार्जिन पूरा नगरेको अवस्थामा सेयर बिक्री वा राफसाफका लागि मात्र गर्न पाइनेछ । पारदर्शिता कायम गर्न ब्रोकरले दैनिक रूपमा मार्जिन कारोबारको विवरण धितोपत्र बजारलाई उपलब्ध गराउनुपर्नेछ र बजारले सो विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । साथै, ब्रोकरले यसरी गरिएको कारोबारको वार्षिक रूपमा लेखापरीक्षण गराई बोर्ड र धितोपत्र बजारमा प्रतिवेदन पेस गर्नुपर्नेछ ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ३ : ४९ बजे

मुस्ताङबाट २२ हजार केजी फोहर सङ्कलन

मुस्ताङ– जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष,

जेनजी आन्दोलनमा ध्वस्त गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र खण्डहर बन्दै

ललितपुर– ललितपुरको गोदावरीस्थित सरकारी सभा सम्मेलनका लागि निर्माण गरिएको सनराइज

बेलौरीका किसानलाई अनुदानमा आधुनिक कृषि उपकरण

कञ्चनपुर– कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ कञ्चनपुरको बेलौरी नगरपालिकाले ५०

पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

काठमाडौँ– वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास

तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडक : १४ किलोमिटर कालोपत्र

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र काम