नेप्से परिसूचकमा झिनो गिरावट « Khabarhub

नेप्से परिसूचकमा झिनो गिरावट


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ०४ अङ्कले घटेर दुई हजार ६६२ दशमलव ०९ को बिन्दुमा कायम भएको हो । आज ३२९ कम्पनीको दुई करोड २२ लाख ८२ हजार ५० कित्ता शेयर ८२ हजार ४५० पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ६९ करोड २२ लाख ५० हजार ८५५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव १०, विकास बैंक शून्य दशमलव १८, जलविद्युत् शून्य दशमलव ४७, लगानी शून्य दशमलव ०७ र निर्जीवन बिमा समूह शून्य दशमलव ०८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । वित्त समूह शून्य दशमलव २५, होटल तथा पर्यटन शून्य दशमलव ६३, जीवन बिमा शून्य दशमलव २३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४६, लघुवित्त शून्य दशमलव ०६, म्युचुअल फन्ड शून्य दशमलव ३६, व्यापार शून्य दशमलव २३ र अन्य समूह शून्य दशमलव २४ प्रतिशतले घटेको छ ।

आज ११३ कम्पनीको शेयर मूल्य बढ्दा १३३ कम्पनीको शेयर मूल्य घटेको छ । १३ कम्पनीको शेयर मूल्य भने यथावत देखिएको छ । रिदी पावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ६७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा सुपर माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्य छ दशमलव ३९ प्रतिशतले घटेको छ । कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै रिदी पावर कम्पनी लिमिटेडको रु ६५ करोड ४७ लाख ६६ हजार ५७२ बराबरको २० लाख ३० हजार ९४४ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ३ : ४७ बजे

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय