सुरक्षित इन्टरनेट दिवस २०८२ : एनसेल फाउन्डेसनद्वारा ‘सेफर इन्टरनेट टुगेदर’ कार्यक्रम सुरु « Khabarhub

सुरक्षित इन्टरनेट दिवस २०८२ : एनसेल फाउन्डेसनद्वारा ‘सेफर इन्टरनेट टुगेदर’ कार्यक्रम सुरु


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुरक्षित इन्टरनेट दिवस २०८२ को अवसरमा एनसेल फाउन्डेसन र नासा सेक्युरिटीजले देशव्यापी रूपमा ‘सेफर इन्टरनेट टुगेदर (एसआईटी)’ कार्यक्रम आरम्भ गरेको घोषणा गरेको छन् । 

यो सामाजिक अभियानले देशभरका विद्यालयहरुमा पुगेर साइबर सुरक्षा, डेटा गोपनीयता तथा डिजिटल सुरक्षाका विविध पक्षहरूबारे विद्यार्थीहरुलाई ज्ञान प्रदान गर्ने लक्ष्य राखेको छ जसबाट ५०,००० भन्दा बढी विद्यार्थी, शिक्षक तथा समुदाय सदस्यहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ।

कम्पनीका अनुसार हाल नमुना परियोजनाका रूपमा अघि सारिएको यो कार्यक्रमअन्तर्गत बागमती, गण्डकी र मधेस प्रदेशका सरकारी, सामुदायिक तथा निजी विद्यालयहरूमा कक्षा ३ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी साइबर सचेतना सत्रहरू सञ्चालन गरिनेछ । कार्यक्रम अन्तर्गत इन्टरनेट सुरक्षासम्बन्धी हाते पुस्तक पनि तयार पारिएको छ । ती पुस्तक कार्यक्रम सत्र पश्चात् सम्बन्धित विद्यालयका सहभागी छात्र, छात्राहरूलाई वितरण गरिनेछ । पहिलो चरणमा तीन प्रदेशमा सफल कार्यान्वयन पश्चात यो अभियान आगामि आर्थिक वर्षमा अन्य प्रदेशमा पनि सञ्चालन गरिने योजना रहेको छ ।

यो वर्षको सुरक्षित इन्टरनेट दिवसको नारा ‘स्मार्ट टेक, सेफ चोइसेस्ः एक्सप्लोरिङ द सेफ एन्ड रेस्पोन्सीबल युज अफ एआई रहेको छ ।

नेपालमा एनसेल र नासा सेक्युरिटीजले संयुक्त रूपमा सुरु गरेको कार्यक्रमको औपचारिक घोषणा पोखरास्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा मङ्गलवार आयोजित एसआईटी सत्रका क्रममा गरिएको थियो । 

कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले सम्बोधन गर्दै डिजिटल सुरक्षा तथा आजको डिजिटल युगमा कृत्रिम बौद्धिकताको जिम्मेवार प्रयोगबारे आफ्ना बुझाइहरू विद्यार्थीहरूसमझ साँझा गरेका थिए ।

एसआईटी कार्यक्रम नेपालमा सुरक्षित अनि समावेशी डिजिटल इकोसिस्टम प्रवद्र्धन गर्ने एनसेल फाउन्डेसनको प्रतिविद्धतासँग जोडिएको छ ।

‘म एक बाबु पनि हुँ, त्यसैले अभिभावकको रूपमा व्यक्तिगत डाटाको सुरक्षा मेरो लागि अत्यन्त महत्त्वपूर्ण विषय हो । आजको समयमा इन्टरनेटले हाम्रो दैनिक जीवनमा महत्त्वपूर्ण भूमिका खेल्छ । प्रविधि हाम्रो जीवनको अभिन्न हिस्सा बन्दै जाँदा यससँग सम्बन्धित जोखिमहरू बुझ्नु र त्यसका लागि तयार रहनु झन् आवश्यक भएको छ । एसआईटी कार्यक्रममार्फत हामीले विद्यार्थी तथा युवाहरूलाई डिजिटल संसारमा सुरक्षित, जिम्मेवार र आत्मविश्वासका साथ रहन आवश्यक ज्ञान र सीप प्रदान गर्ने लक्ष्य राखेका छौँ । यस कार्यक्रमले नयाँ पुस्तालाई आफू सुरक्षित रहँदै डिजिटल अवसरहरूको अधिकतम उपयोग गर्न आवश्यक मार्गदर्शन र टुल उपलब्ध गराउनेछ भन्नेमा म आशावादी छु ।,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने ।

यो सहकार्यले दुवै संस्थालाई जिम्मेवार डिजिटल प्रवर्धकका रूपमा स्थापित गर्दै र उदीयमान जोखिमहरूलाई सक्रिय रूपमा सम्बोधन गर्दै डिजिटल साक्षरता, दृढता तथा व्यापक डिजिटल इकोसिस्टममा विश्वास निर्माणमा योगदान पुर्‍याउनेछ ।

‘डिजिटल प्लेटफर्महरूले युवाहरूले सिक्ने, अन्तरक्रिया गर्ने वा प्रतिक्रिया जनाउने र निर्णय लिने तरिकालाई बढ्दो रूपमा प्रभावित गर्दै गएकाले उनीहरूको अनलाइन सुरक्षा सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी बनेको छ। आजको विश्वमा डिजिटल साक्षरता र साइबर जागरण वित्तीय साक्षरतासरह नै महत्त्वपूर्ण छन् भन्ने विश्वास गर्दछौं । एनसले फाउन्डेसनसँगको सहकार्यमा सञ्चालित एसआईटी अभियानमार्फत हामी विद्यार्थीहरूलाई प्रविधिको जिम्मेवार प्रयोग गर्ने, आफ्नो डिजिटल पदचिन्ह संरक्षण गर्ने र डिजिटल इकोसिस्टममा सुरक्षित रूपमा नेभिगेट गर्न व्यावहारिक ज्ञान प्रदान गर्ने लक्ष्य राखेका छौँ । यो कार्यक्रमले नेपालभर जिम्मेवार डिजिटल सशक्तीकरण र सामुदायिक विकासप्रति हाम्रो दीर्घकालीन प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ,’ नासा सेक्युरिटीजका प्रबन्ध निर्देशक मदन पौड्यालले भने ।

हालसम्म एसआईटी सत्रहरू नौ वटा विद्यालयमा सञ्चालन गरिसकिएको छ जसमा कास्कीमा रहेका श्री राष्ट्रिय माध्यमिक विद्यालय, श्री अमरसिंह माध्यमिक विद्यालय, लिटल स्टेप सेकेन्डरी स्कुल, भास्कर मेमोरियल स्कूल, सेन्ट–मेरिज स्कूल र रेन्बो एकेडेमिक होम्स सेकेन्डरी स्कुल छन् ।  

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ४ : ३४ बजे

इजरायलद्वारा वेस्ट ब्यांकबाट २३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– इजरायली कब्जा बल (आइओएफ) ले बुधबार वेस्ट ब्यांकका विभिन्न

निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ

रौतहट– आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अवाञ्छित गतिविधि हुनसक्ने सम्भावनालाई दृष्टिगत

बागी उम्मेदवारलाई चुनावपछि पार्टीमा फर्किने छुट छैन : लेखनाथ दाहाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता लेखनाथ दाहालले निर्वाचनमा पार्टीलाई धोका

गगन टिमले कपी गर्‍यो ओलीको ‘झोले’ स्टाइल : गगनलाई समर्थन गर्दा बाख्रा कराउने

काठमाडौं– अहिले पनि झिनो रूपमा जारी रहेको तर, विगतमा एमालेका

प्रतिनिधिसभा निर्वाचन : कांग्रेस मधेस झर्दा रास्वपा सुदूरपश्चिमतिर

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचन लक्षित पहिलो सभा मधेसको जनकपुरबाट गर्ने